US Khabar

देश हत्या, हिंसा र जनताको बौद्धिकता बिरोधको मार्गमा अघि बढिरहेछ

- Admin | ३ वर्ष पहिले प्रकाशित

देश हत्या, हिंसा र जनताको बौद्धिकता बिरोधको मार्गमा अघि बढिरहेछ

सामाजिक सञ्जालका भित्ताहरुमा, अनलाईन र यूटुव च्यानका स्क्रीनहरुमा सेकेण्ड सेकेण्डमा प्रकाशित र प्रसारित बिभिन्न गतिबिधीहरु मध्य सबैभन्दा प्राथमिकता रहेको छ घटना र त्यस घटनाप्रतिका आ-आफ्ना दृष्टीकोण र धारणा । हत्या, हिंसा, बलत्कार, बिभेद, भ्रष्टचार र महिलाको नैतिक आचरण प्राथमिकता छन् सोसल मिडियामा पछिल्लो समय ।

जेठ महिनामा मात्रै देशमा करिव १५ जनाको अकल्पनिय हत्या भएको छ भने लाग्दो असारमा पनि यो श्रृंखलाको शिलशिला चल्ने निस्चित नै छ । यति ठुलो संख्यामा मान्छेको हत्या हुँदा सम्म देश चलाउँछु भन्नेहरुमा कहाँ नेर कसरी चुकेउँ हामी भन्ने चिन्ता छैन, नयाँ नेपाल निर्माण गर्न त्यती सजिलो छैन जति बोल्न सजिलो छ । यसका लागि गम्भिर चेत चाहिन्छ । किन भै रहेछ मेरो देशमा हत्या ? किन यो देशका जनता आक्रोस नियन्त्रण गर्न सक्दैनन् ? किन यहाँका हर कोहीलाई मानव जीवनको अर्थबोध छैन ? आदी ईत्यादी सोचले निदाउन नदिनुपर्ने हो नेताहरुलाई ।

जनताका आक्रोस फेरी अर्कै छन् कोहि भन्छन् हत्यारालाई फाँसी दे, कोही भन्छन् बलत्कारीको लिंग छेदनको कानुन ल्याईज, कोही भन्छन् बाहुनबाद, कोही भन्छन् अधिकार, कोही चिडिन्छन् कोहि जंगीन्छन्, कोही तिक्तता पोख्छन् अनेक भै रहेछ । तर शान्त चिन्तन हुनेहरु भेटिदैंनन् । आक्रोस ममा पनि छ, किनकी म पनि यही देशले सिकाएको संस्कारको पालना गरिरहेछु ।

रुकुमका जेठ १० गते साँझ नवराज बिक सहित ६ जना किशोर र युवाको सामुहिक हत्या भयो । यो हत्याले सडक र सदन दुवै तात्यो । जिल्ला अदालतले ३२ जना बिरुद्ध मुद्धा दायर गरेको छ । तर जातिय घटनाका रुपमा हेरिएको यस हत्याप्रतिका आ आफ्ना धारण अझै कायम नै छ । हुर्कदै गरेका उर्जाशिल समयका ६ जना छोरा गुमाएका बुवा आमाको आँखा अझै ओभाएको छैन अव कहिल्यै फर्कदैन मेरो छोरा भन्ने जान्दा तिनमा आँखामा घुमिरहने तोेतेबोली, स्कुल जाँदाको पहिलो दिन, भोक लाग्यो भन्दै घरमा गरिने हल्लाखल्ला सबै समाप्त भएको छ ।
देशमा गणतन्त्र आयो, छुवाछुत मुक्त समाज घोषणा भयो, त्यो बेला केटो ९-१० बर्ष जतिको केटी ६-७ बर्षकी थिई । कितावमा जातपात केही होईन भन्दै पढ्दै आए, रेडियो टिभिमा समानताका नारा सुन्दै हुर्किए दुई छिमेकी जिल्लामा यि बालबालिका । माया बस्यो किशोर उमेरमा, शारिरक सम्बन्ध पनि भयो, यो उमेरको शारिरिक सम्पर्कले एक अर्का बिना बाँच्नै नक्दैनौं हामी भन्ने भ्रम पनि पैदा गर्छ, उनिहरुको बिवाह नै भएको भए पनि जीवन संगै कट्थ्यो या २-४ बर्षमा छुट्थे उनिहरु त्यो दावाका साथ भन्न सकिने कुरा होईन जे होस् जति बुझ्यो मनले त्यती नै हो प्रेम उनिहरुले प्रेम गरे ।

फोन भए, च्याट भए, भेटघट भयो भएन त केवल सरकारले छापेका किताव र बोलेका नारामा जस्तो समानता । सो क्षेत्रबाट चुनाव जितेका कुनै पनि प्रतिनिधीले गाउँ गाउँमा गएर दलिद मुक्ती कार्यक्रम गरेनन्, हिजो जनयुक्तमा स्कुल स्कुल र गाउँ गाउँमा गएर घन्काउने मुक्ती नाराको आवश्यकता महशुष भएन उनिहरुलाई बस् बोलिदियो, संविधानमा लेखिदियो, कितावमा त उहिल्यै छापिएको थियो समानता शब्द । दाहित्व पुरा भै हाल्यो सरकार र नेताको अझ यस घटनाका योजनाकार नै वडा अध्यक्ष भनेर आउँदा धिक्कार तिमीहरुको चेतनास्तर जस्तो लाग्दैछ ।

समाजको संरचना कसरी भएको छ राज्य चलाउनेहरुले त्यसको गहिरो अध्ययन गरेर ल्याएका नियमहरुले मात्र समाज र ब्यक्ती परिवर्तन हुने हो । ईतिहास एकातिर मिल्काएर बर्तमानमा बाचौं भन्दा नतिजा यति भयावह आउँछ कि जुन कल्पना बाहिर भै दिन्छ कतिपय अवस्थामा । यति सम्म जातियतामा जकडिएको छ कि समाज फेसबुकमा यस घटनाको बिरोध गरिरहेकाहरुले समेत भोली आफ्नी बहिनी या छोरी हासीहाँसी दलिद भनिएका थरका केटालाई पठाउन सक्दैनन् भने यसमा बिरोध र समर्थनको के अर्थ ? अर्थ त तव मात्र हुन्छ जव हामीले स्वकारेका कुरा हाम्रो समाजमा रहेकाहरुले बुझ्ने गरी सम्झाउन सकिन्छ, अधिकारको भाषामा होईन आत्मियताको भाषामा, आक्रोसले होईन मुस्कानले, नाराले होईन मानविय ढंगले ।

अधिकारका नाममा जनता जनतामा फाटो ल्याउँदा यहाँ मानवता नै धरासाही बन्दै छ भने जात त पछि बनेको कुरा, कति बर्ष भयो र जातको बिभाजन भएको ? जातिय बिभाजन किन, कसरी र के का लागि भएको थियो भनेर सकारात्मक चेतना बिस्तार गर्ने हो कि जातभात केही होईन काटे सबैको रातो रगत आउँछ निर्वाध प्रेम गरे, ज्यान दिन पनि तयार भउ लिन पनि तयार भौ भन्ने खालको शिक्षा कलिला मस्तिस्कमा भर्ने हो ? हाम्रो देश अमेरिका होईन नेपाल हो, नेपालमा जकडिएका संस्कार भाषणले मेटिदैंन, हामी भित्रै छ यो संस्कारका नकारात्मक गुण त्यसलाई निकाल्न सकिरहेका छैनौं हामी । गणतन्त्रका संस्थापक गनिएका बाबुराम भट्टराई मेरो थर बाबुराम कामी राख्छु भन्छन् । आज कामीको छोरो मर्यो कामी थर राख्ने, भोली सार्कीको छोरा मर्ला सार्की थर राख्ने ? यसको वयियाता तर्कले सोझा जतनाको अधिकारको संरक्षण हुन्छ कि अपमान ?

यो घटनाले एउटा पाठ सिकाएको छ हरेक दलिदले आफ्नो थरमाथी गर्व गरौं, बाहुनले बकाईदा आफ्नो बाउ बाजेको थर लेख्छ भने सबैलाई दलिद भनेर सरकारले भन्दैमा कोही दलिद हुने हो र ? आफ्नो अस्तित्व हो थर भनेको मान्छेको खुवीलाई सम्मान गरिन्छ, जव आफ्नो थरमाथी आफैंलाई गर्व हुँदैन भने दोस्रो थरको मान्छेले मेरो थरलाई सम्मान गरेन भनेर चित्त दुखाउनु नै ब्यार्थ हो । थर राखेकै भरमा कसैले कोठा दिँदैन, कसैले अपमान गर्छ भने आवाज उठाउँ जसरी आज उठाईएको छ, कति राम्रा छन् ति थरहरु, हामी नेपाली हौं भन्न सक्दा मेरो थर नेपाली हो भन्न के गाह्रो, सगर्व विश्वकर्मा पुजा गरिन्छ भने म नै विश्वकर्मा हुँ भन्दा झन् राम्रो, परियार भनेको पनि परिवार शब्दसंग मेल खान्छ, कति प्रिय छ यो शब्द आ आफ्ना थरको अर्थ छन् तिनलाई आफुले माया गर्न सिकौं ।

यति भनिरहँदा फेरी मलाई नै बाहुनवाद घोषणा नगरिदिन अनुरोध छ । म बाहुन भएकै कारण स्व ईच्छाले हिड्न समेत नपाउने महिला हुँ । एक छिनलाई मानिदिउँ बाहुन नै हुन् जातभातमा बिभेद गर्ने, समाजलाई दमन गर्ने भने तिनका घरमा जन्मनेहरुमाथीका नियम कति होलान्, हिँड्दा बाहुनकी छोरी यसरी हिँडी, बोल्दा बाहुनकी छोरी यसरी बोली, खाँदा बाहुनकी छोरी यसरी खाई यो खाई आदि ईत्यादी बेहोर्दै हुर्केका छौं हामी । यो आर्टिकल लेख्न सक्ने हुनका लागि मैले पनि जीवनमा धेरै धेरै बाधासंग साक्षात्कार गरेको छु, धेरै रहरहरु अधुरै छोडेको छु उपाध्याय बाउनकी छोरी भएका कारण । यो नै हो हाम्रो समाजको मुहार ।

अव फेरी घटनामै फर्किउँ यो महिनाको जेठ ३ राति आफ्नै श्रीमती मिना श्रेष्ठ र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साह र सहयोगी २० वर्षीय सोनु साहले विराटनगर महानगरपालिका– १० का औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या गरे । घटना दुखद थियो तर घट्यो ।
अन्तर जातिय प्रेमपछि देविप्रसादले मिनालाई बिहे गरे । समाजले बिबाह पछि पनि मन मिलेन भने तिमीहरु खुसीसाथ छुट भन्न सिकाएन, सरकार र अधिकारकर्मी समेत जे गर जसरी बस तर त्यहि सिन्दुर लाईदिने र लगाएकीसंग नै बस, बिबाह सम्झौता हो भन्दै हिँडिरहेछन् । देवि प्रसाद र मिनाको पनि सुरुवाती समय राम्रै थियो तर बिस्तारै थाहा पाए उनिहरुले हाम्रो त बिचार र स्वभाव नै मिल्दैन रहेछ । देविप्रसाद बाहुनका छोरा आफैंले नेवार्नी बिहे गरेका समाजले स्वास्नीले छोडेर गै भन्दा बचन लाउला भनेर डराए, मिना पनि नेवारकी छोरी बाहुनसंग बिहे गर्दा परिवारले भोली दुख पाए हाम्लाई नसुना भनेको हुँदो हो ।

अव कथाले अर्कै मोड लियो, मानसिक रुपमा दुरी बढ्यो, आफ्नो शरिरको अधिकार आफुलाई हुन्छ भन्न त यो देश तयार नै छैन मिनाको सम्बन्ध अन्तै जोडियो यसका कारण सतहका समाचारले कभरेज गर्न सक्ने कुरा नै होईन । तनले जोड्यो या मनले यो उनको कुरा हो । जे होस मेरी श्रीमती म संग बस्न चाहन्न भन्ने देवि प्रसादलाई थाहा थियो । समाजले सिकाएको पाठ श्रीमान श्रीमती एक अर्काका सम्पत्ती हुन् कसैले छुन हेर्न पाउँदैन यहि त हो । मनमा आगो बरावर बल्दै गयो, हिजो तिम्रो खुसीको लागि जे पनि गर्न सक्छु भनेर बिबाह गरेका आज एक अर्काको खुसीमा सामेल हुन सकेनन् यसमा उनिहरुको दोस होईन समयको दोस हो, लामो जीवन आफ्नो ईच्छाले बाँच्न पाउँछ मान्छे यती कुरा बुझेर ‘जाउ यार तिमी म संग बस्न मन नलागे’ भन्न सकेको भए देविप्रसादले मिना जान्थिन अर्की आउँथिन् आज उनि जीवित हुन्थें । मुक्तीको नाममा हत्या कै बाटो रोज्नु पर्ने दिन मेटिएको छैन नेताहरु र अधिकारकर्मी भन्छन् समाज बदलियो । यो घटना उल्टो पनि हुन सक्थ्यो स्वास्नी परपुरुषसंग लागेको सहन नसकेर देविरामले मिनाको हत्या पनि गर्न सक्थे, धेरै घटनामा यो पनि भएको छ । दौरा सुरुवाल खोलेर कोट पायन्ट लाउँदैमा विदेशी भईंदैन, बिदेशी सिको गर्ने हो भने दाम्पत्य जीवनलाई सहवास र गुप्तागं होईन मनको साईनो सोच्न सिकाउ, मन मिल्छ बस, मिल्दैन नवस भन्ने सहि बाटो देखाउ । मन नपरी नपरी बस्न पर्दा अनेक दुर्घटना हुन्छन् । जव मन नै मिल्दैन भने दिनको १० पटक सेक्स गरेपनि सम्बन्ध सुध्रन्न । केटीले नाठो खेलाई लोग्ने मारी, केटोले रण्डीसंग लाग्यो स्वास्नी मार्यो भन्ने अपशब्दको विकासले यो श्रृंखला रोक्किन्छ ?

अर्को घटना जेठ २२ गते मोरङको बेलबारी नगरपालिका-४ कामुक बुधबारेमा ३० वर्षीय छोरा जीवनबहादुर लिम्बुले ५५ वर्षीया आमा देवी कुमारी लिम्बुको हत्या गरे । आमाको हत्या गरेर आफुले आफ्नै घाँटी र छातिमा छुरा धस्दै सबैका सामु उनले आत्महत्या गरेका भिडियो हेर्न सकिने खालको थिएन । उनि डिप्रेसनमा थिए रे, नेपालका जनता यति सम्म किन डिप्रेसनमा छन् कि आफैंले जन्माएको आमा मारिदिन्छन् । मानसिक सन्तुलन ठिक थिएन भन्ने पनि सुनियो तर के मानसिक सन्तुलन ठिक नभएका सबैले हत्या गर्छन ? यसमा बर्तमान मिडिया पनि दोसी छ, हरेक दिन थरी थरीका हत्या हिंसाका घटना प्रसारित र प्रकासन गर्दा गर्दै मानिसमा हत्या भन्ने कुराले नै मस्तिस्क भरिएको छ ।

एउटा कथा सुन्थें सानोमा ‘एउटाले खुकुरी किनेर ल्याएर सिरानीमा राख्यो, असाध्यै राम्रो सिरुपाते खुकुरी उसलाई यति मन परेको थियो कि सिरानी मुनी नै राखेर सुत्यो, निदाउन सकेन उ, यो खुकुरी कस कसलाई देखाउने होला, कतिले राम्रो भन्लान्, यसले के के चाहिँ काट्न सक्ला । उसले सिरानीबाट खुकुरी निकाल्यो, हेर्यो , फेरी राख्यो, छेवमै श्रीमती निदाईरहेकी थिईन । अचानक मनमा आयो मान्छेलाई च्वाट्टै काट्न सक्ला त यसले, फेरी मनले भन्यो ह्रा यस्तो नि के सोच्या मैले, फेरी झिक्यो, बिस्तारै श्रीमती तिर लग्यो खुकुरी, झस्कियो हैट मेरी बुढी पो के सोच्या मैले, उसले खुकुरीलाई यसरी सोच्यो यति सोच्यो की अन्तत उसले श्रीमतीकै घाँटी काट्दियो ।

हो देशमा हत्याका समाचार यति प्रसारित छन् कि अझ युटुवका कारणले त हेर्न मिल्ने गरि सजिलो भाषामा प्रसारित छन्, मान्छेको मन मस्तिस्कमा यसले सचेतना होईन विक्रिती भरेको छ, फलानो ठाउँमा मान्छे काटेर यसरी गाड्यो, यो हतियारले काट्यो, ढुंगाले थिचेर मार्यो, घाटी थिचेर मार्यो, अव असामन्य मनस्थितीको के कुरा सामान्य मनस्थितीको समेत निदाउनदानी सपनामा काटमार देख्न थाल्छ । आमा मारेर आफैं सबैका सामु घाँटी रेटिरहेका जीवन लिम्बु जीवनको अर्थ नै थाहा नभई आमा मारेर आफु नि मरेर गए । मान्छे हुनुको अर्थ पटक्कै होईन यो र पनि भै रहेछ ।

सल्यानको त्रिवेणी गाउँपालिका ६ मा जेठ २५ गते ३६ वर्षीया महिलाले दिनहुँ मदिरा पिएर दुख दिएको भन्दै रिसको आवेगमा ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको बसिलाले हानेर हत्या गरिन् । उनका छोराछोरीले युटुवमा दिएको अन्तरवार्तामा भने ‘बुवाले घरको जिम्मेवारी नलिने रक्सी खाने आमालाई पिट्ने गर्नुहुनथ्यो, त्यो दिन रिसको झोकमा आमाले मार्नुभयो ।’ कमेण्डमा धेरैले स्यावास भनें, तर मर्ने मरेर गयो, उनको रिसको झोकले उनि जेल गईन् छोराछोरीले अव कुन बाटो समाउने अन्यौल बन्यो । रिस उठ्दैमा बदलाभाव पैदा हुनुपर्छ भन्ने छैन, एक्लै बच्चा हुर्काउने पौरखी नारी हुन् उनि । यो समाजले ‘ल यसले साह्रै दुख पाई नआत्ती नानी हामी छौं तेरा छोराछोरी सबै मिलेर पढाउँला’ भनिदिएको भएपनि उनलाई अपराधी बन्नु पर्थेन होला । बैंसकै दिनदेखी दुख पाएकी रहिछिन् सुन्दाखेरी, उनले त्यो समय यहि समाज, उनका घर माईतीले ‘आईमाईको तक्दिर हो सहेर बस् बाबै सहेर बस्’ भन्नुको साटो राम्रो केटा पाउँछेस् र छोरा छोरी हेर्छ केटाले पनि बिहे गर अन्तै भनेर उनलाई भनेको भए उनि अपराधी भएर जेल जानु पर्थेन, डिल्ली बहादुर भरेपनि क्यान्सर भएर या अन्य केही भएर मर्थे बसुलोले टाउको फोरेर मर्नु पर्थेन । बिबाहित महिलाको कुमारित्वको मोल मोलाई गर्ने यो देशले ‘तँ बहादुर छस् नारी तेरो अस्तित्वको मुल्य एउटा ओछ्यानले किन्न सक्दैन’ भन्ने बुझाउन किन सकेन ?

जेठ २६ गते राती रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर २ किशोर सहित ५ जनाको हत्या गरे । उनले बदलाभावले यति ठुलो संख्यामा एक्लै उनिहरुको हत्या गरेका स्वकारेका छन् । सुर्खेतका ३२ वर्षीय युवक झसेन्द्र सिंजालीले यो हत्या गर्नुको कारणमा मालिकलाई कुरा लाउने गरेको, आफु घरायसी कारणले पनि तनावमा रहेको जस्ता कुरा प्रारम्भिक अनुसन्धाले भनेको छ । सामान्य मन मुटाव हुना साथ यत्रो संख्यामा मान्छे नै मारिदिने संस्कार कहाँ बाट कसरी विकास हुँदैछ । गोठालो जाँदा दुख दिने गाई बाख्रा कुट्दा त ‘हाई बरा नकुट् पाप लाग्छ’ भन्ने संस्कारका हामी नेपाली सामान्य रिस उठ्यो, मानसिक तनाव भयो भन्दैमा मान्छे नै मार्न तम्सिनु भित्र धेरै कारण छन्, जुन माथी पनि उल्लेख गरेको छु, हत्या-हत्या-हत्या शब्दले विक्रित बनाएको मानसिक अवस्था, मानव अधिकारका नाममा सहज वातावरणमै जेलमा बस्न पाउने ब्यवस्था, मान्छे हुँ भनेर विवेक प्रयोग गर्नुको साट्टो बलको भरमा चल्दै आएको राक्षसी दम्भ्य ।

 जेठ २७ गते रुपन्देहीको कञ्चन गाउँपालिकामा वडा नम्बर १ कुचेराका रिमबहादुर कुमालले घरमा सुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरे । मान्छे सन्तानका लागि पुरै जीवन र सपना बन्धक राख्छन्, जन्माउँदैमा बुढेसकालको साहारा भनेर लड्दा पनि आँखा रसाउँछ वा आमाको । यो वाउलाई छोरो मार्दा पनि हेक्का भएन जवकी पशुवलीको बिरोधमा चर्का नारा लाग्छ यो देशमा मान्छेलाई वलि चढाएको बोकोलाई भन्दा यातना दिदैं मारिन्छ त्यो पनि कसले ? आफ्नै बाउले । होसमा बेहोसमा जे सुकैमा होस्, खिलखिलाउँदो सपना देखिरहेको १५ बर्षको हाँस्दा खेल्दाको छोरोलाई मुडो सम्झेर बन्चरोले हानी हानी मार्ने त्यो वाउ हाम्रै वर्तमान समाजको ऐना हो । जसले यो देशका जनता कुन बाटोमा छन् देखाउँछ । सरकारलाई चिन्ता छैन आफुले चलाईरहेको देशमा घटेका यि र यस्ता घटनाको । के आफ्नो स्वस्थ्य उपचार गर्न जान्छौं यहाँ जनतताको मानसिक सन्तुलन नै ठिक ठाउँमा छैन । हिजो बिर नेपाली भनेर कहलिन्थे अहिले बिर मसान सबै शिरमा बोकेर हिड्दैछन् मान्छे ।

जेठ २९ गते सोलुखुम्बु महाकुलुङ गाउँपालिका– ४ का १९ वर्षीय छोरा कुवेर राईले आफ्नै बुवा ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने फलामको ढुग्रेले टाउको र घाँटीमा हानेर हत्या गरे । माथिको घटनामा बाउले छोरा मारेको थियो, यसमा छोराले बाउ मार्यो । सानो छदाँ गाउँमा हामी शरिरमा फुल बोकेर हिँडेको माकुरो खोजी खोजी फुल छुट्टाए एकातिर फालिदिन्थेउँ। किनकी हामीले सुनेका थियौं, यो फुलबाट बच्चा बनेपछि धेरै बच्चाहरु भएर आफ्नै आमा अर्थात यो माकुरालाई खान्छ त्यसैले माकुराको फुल भेटे छुट्याईदिनु पर्छ । माकुरालाई त आफ्ना बच्चाले मार्छन भन्ने तेत्रो पिरलो हुने हामी ठुलो भएपछि आफ्नै बाउ आमा मारेका घटनाका रमिते बनेका छौ, मार्दै हिँडेका छौं भने नेताहरुलाई निन्द्र कसरी लाग्छ हँ ? यस्तो अमानविय घटना दिन दिनै घट्दा पनि ।

अनि फेरी भन्छन् । देशको बिकास भएको छ, जनतामा चेतनाको लहर छाएको छ । कति छन् यहाँ चेतनाको लहर छाएका जनता ? यहि समाज र फितलो राजनितीको आडम्बरमा मान्छेलाई मान्छे मार्नु कमिला मान्छु जत्तीको नि लागेको छैन ? नेताहरु बढो आफ्ना राजनितीक अनुभव सुनाउँछन् । राज्यको निती अनुसार समाजलाई सहि मार्गमा लान सक्नेलाई मात्र राजनिती भनिन्छ । कि यहि हो यो राज्यको निती ? मार, काट, बल छ, तागत छ, धम्काउ, थर्काउ ?

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं.२ डडेल्धुरामा जेठ २८ गते ७३ वर्षीया आफ्नै हजुरआमा वर्षीया राधादेवी गिरीलाई २४ वर्षीय नाती रोशनराज गिरीले धान कुट्ने मुसलले टाउकोमा हानेर हत्या गरे । कठै ! ‘बुढा असक्तलाई माया गर सम्मान गर’ भनेर कितावमा छापिएको, संविधानमा लेखिएको कुराको नतिजा । लेख्दैमा हुने रहेछ ? सानोमा मेरो नाती भोकायो, कसैले कुटे मेरो रोशनलाई कुट्छस् हाई बाबा भन्दै हुर्काईथिन् होला राधादेवीले नाती भुसतिग्रे वलवान भयो, धान कुट्ने मुसलले हान्यो मार्दियो । यस्ता जनता पनि हाम्रै देशका जनता हुन् । नातीले हजुरआमा के खानुहुन्छ, गाह्रो भयो, मैले कमाएर यो लुगा ल्याईदिएँ लाउनु भन्ने हो कि मार्ने हो ? यहि हो नयाँ नेपाल ? २४ बर्षको उमेरमा ति हजुरआमाले कतिवटा छोराछोरी पाईसकिथिन् होला, कत्रो जिम्मेवारीको पहाड बोकिन् होला, अहिलेका २४ बर्षका शिक्षित नातीहरु रिसको आवेगमा हत्या गर्छन, २\ ४ बर्ष जेल बस्छन्, आज हजुरआमा मार्छ भोली स्वास्नी मार्छ, उस्तै परे भोली आफ्नै छोरा मार्छ, मारिनै रहेका छन्, आज भने भोली कस्तो होला यो देशको अवस्था । अझै भन्छन् २ \४ जना यस्ता भए भन्दैमा सबै हुँदैनन् । कुहिएको एउटा आलुले केही नगर्ने भए, बोराभरीको आलु किन गन्हाउँछ र फाल्नुपर्छ ?

जेठ ३१ गते पोखरा –२९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको हत्या भयो । उनको हत्या आरोपमा उनकै साथीहरु सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार पक्राउ परेका छन् । नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा गरे टिनएज पार्दै गरेका केटाहरुले । उत्सव चलिरहेको थियो, झगडा भयो, भविश्यका कर्णधारहरुले आफ्नै साथी मारे, हेल्मेट र ढुङ्गा प्रहार गरेर । अझै डर छैन साथी मरिसक्दा पनि के छ दोस्त भन्दै हात मिलाउँदै हिडेका उनिहरुकै हातले मरेको साथी बोकेर सेती नदिमा बगाएर फर्किए । यहि हो बाल अधिकार र मानव अधिकारको रिजल्ट ? यस्ता घटना दोहोरिरहँदा पनि समाज उल्टो दिशामा छ भन्ने हेक्का हुँदैन ? यो घटना पहिलो हो र ?

माथी उल्लेखित हत्याका घटना मैले संकलन गरेका जेठ महिनाका घटना हुन् । अव असार १ गतेबाट फेरी सुरु भै सक्यो काटमार । अध्यात्ममा पनि विश्वास भएको मलाई कहिले काँही त लाग्छ यि अकाल मृत्यु भएकाहरुको प्रेत आत्मा भड्किएर एक पछि अर्कोमा प्रवेश गरेर पो हो की, यति सारो मान्छेमा राक्षसी पन देखिएको, उसै पनि देशका हरेक राजनितिक कालखण्ड रगतको आहालबाटै हासिल गरिएको हो ।

आर्टिकल लामो भयो त्यसैले महिनाभरीका बलत्कारका सबै घटना जोड्न सकिन । उसैपनि के जोडिसाध्य छ र सुनाउन र सुन्न सकिने खालका घटना भए पो भन्दा पनि रमाईलो लाग्छ । हरे प्रभु के भै रहेको यो भनेर मथिगंल नै कच्याक्कुचुक हुने घटनाहरु छन् यो देश र समाजको ।

जेठ १७ गते कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारका ४५ वर्षिय बाबु आफ्नै छोरीलाई जंगलको रुखमा बाँधेर बलत्कार गरेको अभियोगमा पक्राउ परे । आफ्नै विर्यबाट सृजना गरेको सृष्टी रक्ताम्य बनाउन पनि छोडेन अर्को राक्षस गण सवार बाउले । माथी उल्लेखित प्रसंग जस्तै हो यो पनि सिरुपाते खुकुरी वाल । हात हातमा मोवाईल छ, जताततै बलत्कारका समाचार छ , यता हेर्यो फलाना ठाउँमा बाउले छोरी बलत्कार गर्यो, उता हेर्यो, शिक्षकले बिद्यार्थी बलत्कार गर्यो, एकल बलत्कार, दुवल बलत्कार, सामुहिक रंग रंगका बलत्कारका समाचार । नयाँ नयाँ पोर्न मुभीका कुरा । अव दिमागले सबैले बलत्कार गरेका छन् मैले गर्दा के भयो भन्ने ठान्न थाल्यो । अन्नत आफैंलाई अपुतो, नपुंशक भन्नबाट बचाएकी त्यो छोरी जसको जन्मले उ पनि मर्द रहेछ भन्ने प्रमाण समाजलाई दिन पाएको थियो । त्यहि छोरीलाई रुखमा बाँधेर बलत्कार गर्यो । यौन के हो, यसको सुख के लाई भनिन्छ भन्ने पत्तो सम्म नभएको उसलाई मांस छडि एउटा कलिलो गुप्तागंमा सकि नसकी छिराउँदा कत्रो सन्तुष्टी मिल्यो होला ? के यो मान्छे हो, पहिले मान्छे हुन सिकाउ मान्छेलाई सरकार ।

जेठ २५ गते सिन्धुलीको मरिण गाउँपालिका २ स्थित सिर्थौली निमाविमा कार्यरत शिक्षक लोकबहादुर गरौचा ११ वर्षीया बालिका बलत्कार अभियोगमा पक्राउ परे । अव यि शिक्षकले स्कुल\ कलेजमा पढेको पुस्तक कुन हो मलाई बताउदेउ सरकार । मन मिलेर गरेको सेक्समा त मान्छे असन्तुष्ट हुन्छ भने ११ बर्षकी बच्ची त्यो पनि जवरजस्ती, यो शिक्षकले आफ्नो उमेरका महिलाबाट भन्दा कति धेरै सन्तुष्टी पायो होला । भनेपछि यौन सुखका लागि बलत्कार गरिएको रहेछ त ? बलत्कार विकृत मानसिकताको उपज हो, ईलाज गराउ यस्ता मानसिकताको ।

जेठ २७ गते कैलालीको टीकापुर नगरपालिका– १ स्थित रानी कुलो किनारमा तीनजना किशोरीहरुलाई बलात्कार गरेर फरार टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ । यि सबै किशोर उमेरका र भर्खरै यो उमेर पार गरेकाहरु । यिनले त झन् सामाजिक सञ्जालका अनेक कुरा सजिलै भेट्टाउन सक्छन् । ओहो मेरो उमेरका साथी भाई कहाँ पुगिसके, म कसरी नामी बन्ने, कसरी पैसा कमाउने , राम्रो घर बनाउने, बाउ आमा पाल्ने, आफन्तलाई सहयोग गर्न सक्ने बन्नुपर्छ, भोली बिहे गर्नु पनि छ भन्ने सोच्न छोडेर कता पाईन्छ एक चोक्टा मासु त्यतै बलमिच्याई गरेर नि लुछ्नुपर्छ भनेर लागे । यो घटनाबारे विस्तृतमा थाहा छैन, त्यसैले धेरै बोल्न चाहन्न । उसैपनि पछिल्लो समय झुटा बलत्कारका कुरा पनि सुनिदैं र हेरिदैं आएको छ । जे होस् शरिरको एउटा अंगबाट माथी उठ्न नसकेरै सृजनशिल मन बेकार बनेका छन् ।

जेठ ३१ गते कोरोनाबाट बच्न कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी महिला बलत्कारमा परिन् । उनको आरोपका आधारमा २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक पक्राउ परेका छन् । यो तिम्रै समाज हो सरकार । जहाँ ज्यान त बाँच्ने नबाँच्ने ठेगान छैन । कोरोना सर्ला भनेर घर भित्र थुनिएका छन् जनता । क्वारेन्टाईनमा बसेकी महिलालाई बलत्कार गर्छन त्यो पनि उमेर हेरौं बलत्कारिको । के बुझएछौ त यतिका बर्ष देशका जनतालाई, एउटा लिंगलाई नै उसले जीवनको सबैभन्दा ठुलो सम्पत्ती ठानेर भविश्य वर्वाद गरिरहेछ ।

मलाई त यति दया लाग्छ यस्तो मानसिकतामाथी कि अरुले झैं बलत्कारीको लिंग छेदन गर्नुपर्छ, फाँसीमा चढाउनु पर्छ भन्न नि मन लाग्दैन । कतिलाई चढाउने फाँसी, कतिको लिंग छेदन गर्ने ? यो त रोग हो, यसको उपचार भनेको तिमीले सेक्स गर्दैमा नारीको ईज्जत जान्छ भन्ने नठान । सेक्स उसको अधिकार हो, जवरजस्ती गर्ने सबै नामर्द हुन् ,त्यो तिम्रो शरिरको अंग हो बलत्कार गर्दा बलत्कारीको ईज्जत जान्छ नारीको होईन भनेर मानसिक सचेतना फैलाउ । यहि हो वास्तविकता ।

बलत्कारमा परेपछि लौ तिम्रो ईज्जत गयो, यति पैसा चाहिन्छ, भोली उसलाई कसैले बिहे गर्दैन भन्दै कुतर्क पेस गरेर नारीको गुप्तागंको मोल मोलाई गरेर महिला अधिकारको रक्षा हुन्छ ? शरिरको एउटा अंग हो दुर्घटना भयो, अरु दुर्घटनामा हात गोडामा चोट लाग्त्यो यो दुर्घटनामा गुप्तागंमा चोट लाग्यो भनेर सिकाउन जान्दैनौं तिमीहरु ? घरी-घरी महिलालाई निचो देखाउन, दयाको पात्र जसरी बलत्कारमा परि, अपराधीलाई यो गर, उ गर । जव सम्म बलत्कार, बलत्कार भनिरहन्छौ तव सम्म विकृत मानसिकताको मनोबल बढ्छ । बलत्कार गर्दा पुरुषको विर्य झर्छ, जुन विर्यलाई उ मर्दागीं ठान्छ भने उसको ईज्जत जान्छ कि नारीको ? जताबाट पनि नारीलाई नै निचो देखाउने ?

यिनै मानसिकताले हो, हाम्रा नेपाली चेलीहरुको सेक्स भिडियो बाहिर आउँदा रण्डी र भालु भन्दै कमेण्ड गर्ने । कुन समाज र देशको निर्माण गर्दै छौ हँ ? आफुखुसी दुई जनाको मन मिल्यो सेक्स भयो, सबैले गर्छन सेक्स । कतिले आपसी विश्वासमा भिडियो बनाउँछन्, पछि उसले होस् या अरु कसैले प्राय केटाकै हातबाट भिडियो बाहिर आउँछ, उसलाई थुक्क भालु, बेश्या भन्दै सामाजिक सञ्जालमा सियर गरेर, कतिले त्यहि भिडियोको आधारमा ब्यल्याकमेल गर्छन मानौं उसले कसैले नगरेको काम गरेकी हो ।जसरी पनि मर्न बाध्य बनाउनु पर्छ, बाँचेपनि कहिँ मुख देखाउन नसक्ने बनाउन पाईन्छ यहि भिडियो देखाएर भनेर गरिएको होईन यो ? यि भिडियोमा गएर ‘व भाई तिम्रो दिदी बहिनी छैनन् । यो पनि कसैकी दिदी बहिनी हो, यसले बनाएको भिडियोले तिमीलाई के असर गरेको छ र तिमी यो गरिरहेछौ ,तिम्रो लिंग छैन तिमी सेक्स गर्दैर्नौ ?’भनेर महिला अधिकार कर्मी, नेताहरु र हामी स्वयंले लेख्न किन सक्दैनौं ?जवकी बकाईदा संविधान र कानुनमा आफ्नो शरिरको अधिकार महिलालाई हुन्छ भनेर लेखिएको छ ।

 यहि युवा जमात भित्र छन् माथिका शिक्षक प्रवृत्तीका मानिस । तिम्रो राज्य ब्यवस्थाको आडमा भै रहेछ यस्तो हर्कत, यस्तो ब्ल्याक्मेल । शिर्षक सुन्दा नि उदेक लाग्छ, ‘हेर गल्फ कन्ट्रीमा गएर कसरी ईज्जत फाले नेपाली चेलीले’, अर्को भिडियोमा भन्छन्, ‘यस्ता केटीलाई तपाँई के भन्नु हुन्छ ?’ कमेण्ड आउँछ, ‘आईज म संग सुत्न’, ‘हामी नेपाली हुँदा हुँदै धोती संग सुत्ने’, अर्को भन्छ ‘दाजु भाई नी छोड्दीन होली यसले । नेता जी हो तपाँइहरु हेर्न भ्याउनु हुन्छ कि हुन्न यस्ता भिडियो जो यहि देशका चेली हुन्, यहि देशका चेलाले र केही सति सावित्री चेलीहरुले पनि सुन्नै लाज लाग्ने कमेण्ट गर्छन् । जस्ता कमेन्ट त्यहाँ पढिन्छ त्यो जति लाज मर्दो हुँदैन त्यो भिडियो ।

सोझै म संग सुत्न आईज भन्छन् युवा जमात । तिमीसंग सुत्दा चाहिँ वेश्या नहुने अरुसंग सुत्दा चाहिँ बेश्या हुन्छ ? हो यो भाषा किन सिकाउँदैनौ नेता हो, मानव अधिकार र महिला अधिकारकर्मी हो ? जति सेक्सलाई सरल तरिकाले ब्याख्या गरिन्छ त्यती नै बलत्कारका घटना घट्दै जान्छ । कितावमा नारी पुरुष समान, नारी पुरुष समान भनेर घोकाउने, अनि नारीले आफ्नो शरिर आफ्नो सुखले उपभोग गर्ना साथ अश्ह्य हुने ? जसलाई तिम्रो नयाँ नेपालले पनि सिकाउन सकेन, बालिका बलत्कार गर्नु भन्दा त धेरै राम्रो हो आफ्नी उमेरको संग मन मिलेर संभोग गर्नु । कल्पना गर त, बलत्कारमा परेकी बालिकाको बाँकी जीवन कसरी तहस नहस हुन्छ भोली, आज दुई दिन मेला लागे जसरी भिडियो बनाएर राख्दै र हेर्दैमा यो समाज बलदिन्छ ? सरकार मलाई जवाफ देउ-  देशका उर्जाशिल युवा कसले सेक्स गर्यो, कुन युवतीका स्तन ठुला, कसको गुप्तागं कत्रो छ सोचेर बसेका छन् तिम्रो राज्य व्यवस्था सफल छ ?

बौद्धिक भनिएका हामी माझ नै यो सत्यता स्वृकार्ने तागत छैन भने चेतनास्तर कम भएकाहरुको मानसिकता कस्तो होला । बिकृत मानसिकता, र आफ्नो जीवनको अर्थ नबुझेकाहरु घटना घटाउनमा उद्यत छन्, बौद्धिक भनिएकाहरु बिरोधमा उत्रन । पक्ष विपक्षको लडाईमा उत्रनु भन्दा मनन गर्नु जरुरी छ । कतै हामी मै त छैनन यि र यस्ता दोसहरु ?

उसैपनि मान्छेमा देव गण, मनुस्य गण र राक्षण गण हुन्छ, जसमा जुन हावि छ उसले त्यहि देखाउँछ भन्छन् बुढापाखा । भन्ने बेलामा ‘उहिलेका कुरा खुईले’ भन्दै हिँड्ने अनि हामीले सोचेका कुरा, हाम्रा धारणा पनि कतै उहिलेकै संरचनामै चलिरहेको त छैन भनेर चाहिँ चिन्तन गर्नु जरुरी छैन ? यो देशका नेताहरु पनि उहिलेकै कुरा, उहिलेकै बिभेदलाई प्रोत्साहन दिईरहेछन् । किनकी उनिहरु पनि यहि समाजका सृष्टी हुन् । बाहिरबाट हेर्दा अहो बढो अधिकार पाईयो भन्ने महशुष मात्र भएको हो, कसरी यो समाज र युवावर्ग दलदलमा भासिएका छन् त्यो हेरौं । कति मान्छेले सामाजिक सञ्जालको उपयोग गरेर आफ्नो ब्यक्तीत्व निर्खाछन्, एउटा राम्रो परिवार बनाउँछन्, हामी आपसी झगडा र बिरोधमा मात्र लागेका छौं । हरेक घटनाको पछाडी कारण हुन्छ त्यो कारण नै हो मुल कुरा तर हामी सतहमा बसेर आफ्नो बौद्धिकताको मापन गरिरहेका छौं ।

गौतम बुद्ध त्यहि कपिलबस्तुका राजाका छोरा, राम, भारतको एउटा राज्यका राजकुमार, सिता यहि नेपालको जनकपुरकी छोरी उनिहरु भगवान् कसरी भए ? उनिहरुले गरेका कामहरुका आधारमा भगवान कहलिए भने त्यो गुण हामी प्रत्यकमा छ, केवल अरुको बारेमा भन्दा आफ्नो बारेमा खोज गर्नु पर्यो । म को हुँ, मेरो स्वभाव के हो ? मेरो जन्म मेरै बुवा आमको कोखमा किन भयो, अन्त किन भएन जस्ता कुराको खोज गर्ने हो भने हामी प्रत्यक मान्छे भगवान जस्तो हुन्छौं । आवेग ब्यक्ती-ब्यक्तीमा नपोखौं, यो देशको रक्षार्थ, तथानाम गाली पनि नगरौं अरु देशलाई । गाली गलौजले हाम्रै बौद्धिक स्तर प्रदर्शन हुने हो । म केही खाष हुँ,, मैले खाष गर्नु छ यो देशमा भन्ने सोच्ने हो हरेकले भने सरकारको पनि केही लाग्दैन, सके चलाउँछन् नसके जिम्मा दिनैपर्छ अर्कोलाई जसरी राणाकाल पछि प्रजातन्त्र, गणतन्त्र आयो । यत्ती हो अवको नेपाल रगत, हत्या, हिंसा, बल मिच्याईंले आफ्नो बसमा नआवस् ।

आपसी सद्भाव, ईज्जत, भाईचाराले एउटा सुन्दर सन्देस प्रवाह गरौं । यसो गर्न सके स्वतह बिकृत मानसिकताहरु बदलिदै जान्छन् एउटा सहि मार्ग देखाउन सकिन्छ उनिहरुलाई । होईन भने, म दुई \चार ओटा आर्टिकल लेखेर हिरो हुने होडमा जान्छु , अर्को दुई\चार वटा अन्तरवार्ता दिएर हिरो होला, अर्को दुईचार वटा अनलाईन पत्रिका र युटुव च्यानल चलाएर हिरो होला । बाँकी केही हुँदैन । जोगाउनु छ यो देश, यहाँका बेथीती, भ्रष्टचार होईन, भ्रष्टचार गर्ने संस्कार कसरी बिकास भयो त्यो हो मुल जड, बलत्कार भन्दा बलत्कारी मानसिकताको अन्त्यका बारेमा सोचौं । यसरी सोचौं कि ‘कतै म आफैं पो गलत  मार्गमा त छैन ?’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!