US Khabar

प्रवासी नेपाली एकता मञ्चको अध्यक्षमा शंकर पन्त, अध्यक्ष सहित कुन पदमा को-को निर्वाचित ?

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रवासी नेपाली एकता मञ्चको अध्यक्षमा शंकर पन्त, अध्यक्ष सहित कुन पदमा को-को निर्वाचित ?

न्यूयोर्कमा जारी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशनले आजबाट नंया नेतृत्व पाएको छ । शनिबारबाट न्यूयोर्कमा जारी अधिवेशनबाट मञ्चको पहिलो कार्यसमिती निर्वाचित भएको हो ।

भर्खरै सम्पन्न निर्वाचनबाट पहिलो कार्यसमिती अध्यक्षमा शंकर पन्त विजयी भएका छन् । आईतबार सम्पन्न निर्वाचनबाट सर्बसहमत सहित नयाँ नेतृत्व चयन भएका हो । त्यस्तै मञ्चको नयाँ कार्यसमिती बरिष्ठ उपाध्यक्षमा बनिता कतिला, महासचिवमा युव राज खनाल , सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुशिला पौडेल विजयी भएका छन् ।

शनिबारबाट न्यूयोर्कको आगरा प्यालेस पार्टी हल क्वीन्समा जारी अधिवेशन बृहत सहभागितामूलक रहेको थियो । पन्चकन्याबाट दिप प्रज्वलन गरि सुरु गरिएको अधिबेशनलाई पूर्ब प्रधानमन्त्री माधब कुमार नेपालले संबोधन गरेका थिए । नेता नेपालले जुम मार्फत अधिवेशन तथा प्रवासी नेपाली एकता मञ्चको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

एकताको सन्देश प्रवाह स्वरुप बृहत सहभागितामूलक यस अधिवेशन मञ्चको प्रथम अधिवेशन भएपनि अधिवेशनमा बिभिन्न राज्यबाट ठुलो संख्यामा प्रतिनिधी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाका नव निर्वाचित कार्यसमिती पदाधिकारी :

पद
अध्यक्ष – शंकर पन्त
बरिष्ठ उपाध्यक्ष – बनिता कतिला
महासचिव– युब राज खनाल
सचिव– कृष्ण पौडेल
कोषाध्यक्ष– शुशिला पौडेल
क्षेत्रिय संयोजकहरु-
दक्षिण क्षेत्र- उदब खनाल
सिकागो- सरस्वती मुखिया
डि.सि. मेट्रो – टेक कुवर
उतर पुर्बिय- सौमेन्द्र रन्जित
केन्द्रिय सदस्यहरुमा
तेज पौडेल
शम्भु कटुवाल
शिव भक्त थापा
टेक कार्कि
देबकी पन्त
राम लामा
समिर पाण्डे
रोशन देवकोटा
राजेश थापा
भरत उप्रेती
गौचन बुढामगर
खगराज पौडेल
डा. प्रकाश श्रेष्ठ
सुनिल नेपाली
नरेन गुरुङ
जुनु घले

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!