US Khabar

संविधान दिवसमा एनआरएनए अध्यक्ष कुल आचार्यलाई ‘सुप्रवल जनसेवा श्री’ पदक प्रदान

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

संविधान दिवसमा एनआरएनए अध्यक्ष कुल आचार्यलाई ‘सुप्रवल जनसेवा श्री’ पदक प्रदान

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद् एनआरएनए (आईसीसी )अध्यक्ष कुल आचार्यलाई  ‘सुप्रवल जनसेवा श्री’पदक प्रदान गरिएको छ ।  एनआरएनए अध्यक्ष आचार्यलाई यस बर्षको संविधान दिवशका अवसरमा ‘सुप्रवल जनसेवा श्री’पदकबाट सम्मानित गरिएके हो ।

हरेक बर्षका संविधान दिवसका अवसरमा प्रदान गरिने यस पदक तथा सम्मान राष्ट्रपतिबाट प्रदान गरिने सम्मान हो । जस राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यक्ष आचार्य सहित विभिन्न क्षेत्रका व्यक्तीहरु यस बर्ष सम्मानित भएका छन् ।

यस बर्षको ‘सुप्रवल जनसेवा श्री’पदक बाट आचार्य सहित नायक विराज भट्ट, संगीतकार सन्तोष श्रेष्ठ, चेतन सापकोटा चित्रकार नगेन सिंह ठकुरी लगायतका व्यक्तीहरु सम्मानित भएका छन् ।

सम्मानित कुल आचार्यलाई एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुवेदी लगायत एनआरएनए संबद्ध ब्यक्तीहरुले सामाजिक संजाल मार्फत तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!