US Khabar

न्हयू बज्राचार्यसंगको सहकार्यमा विटु केसीको ‘आज फेरी’ मातृभूमिबाट सार्वजनिक (भिडियो)

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

न्हयू बज्राचार्यसंगको सहकार्यमा विटु केसीको ‘आज फेरी’ मातृभूमिबाट सार्वजनिक (भिडियो)

अमेरिका निवासी मुक्तककार तथा गजलकार विटु केसीको साँगीतिक गजल सार्वजनिक भएको छ । चर्चित संगीतकार न्हयू बज्राचार्यको संगीतमा गजलकार केसीको आज फेरी बोलको गजल भिडियो सहित सार्वजनिक भएको हो ।

संगीतकार न्हयू बज्राचार्यको अफिसियल यूटुव च्यानलबाट सार्वजनिक यस गजलमा गायिका बानिका प्रधानको आवाज रहेको छ ।

गोपाल रसाईलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई अनिल तण्डुकारले निर्देशन तथा सम्पादन गरेका हुन् । विक्रम श्रेष्ठको छायांकनमा निर्माण भएको भिडियोमा पुजा मगरलाई प्रस्तुत गरिएको छ ।

लामो समयदेखी अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाउँदैं आएकी गजलकार विटु केसी नेपाल आएको सन्दर्भ पारेर आज फेरी रेकर्ड गरिएको हो । केही दिन अघि नेपाल आएकी उनि पछिल्लो समय साहित्यक तथा साँगीतिक भेटघाट र कार्यक्रममा व्यस्त रहँदै आएकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!