US Khabar

संक्रमितको मृत्यु भै रहेकै समयमा अमेरिकामा कोभिड महामारी ‘सकिएको’ घोषणा

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

संक्रमितको मृत्यु भै रहेकै समयमा अमेरिकामा कोभिड महामारी ‘सकिएको’ घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् । कोरोना संक्रमित र मृतकको संख्या बढिरहेकै समयमा राष्ट्रपति बाइडेनले भने यसलाई महामारी भन्न नमिल्ने भन्दै अमेरिकामा कोभिड–१९ अन्त्यको घोषणा गरेका हुन् ।

सीबीएससंगको १ घण्टा लामो अन्तरवार्ताका क्रममा बाइडेनले पहिले महामारी भनिएजस्तो गरि अमेरिकामा यतिवेला समस्या नरहेको तर पूर्ण रुपमा समस्या समाधान हुन बाँकी रहेकाले पहल भै रहेको बताएका हुन् ।

समस्या भएपनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताएका उनले अमेरिकामा माक्स अनिवार्यताको कडाई पनि हटिसकेको जानकारी दिंदै भनेका छन् ‘यदि तपाँईले याद गर्नुभयो भने अहिले अमेरिकामा कसैले पनि माक्स लगाएर हिँडेको देख्न पाउनु हुन्न सबैजना ठिकठाक देखिन्छन् ।’

माक्स नलगाउनुलाई समेत परिवर्तन भनेका उनको भनाईप्रति धेरैको असन्तुष्टी समेत देखिएको छ किनभने अमेरिकामा गत हप्ता तीन हजार भन्दा बढीको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत हप्ता, विश्व स्वास्थ्य संगठनका प्रमुखले महामारीको अन्त्य ‘दृश्य’मा रहेको बताएका थिए ।

अहिलेसम्म महामारीबाट १० लाख भन्दा बढी नागरिकको मृत्यु भएको अमेरिका कोभिड १९ ले अर्थतन्त्रमा समेत ठुलो असर गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!