US Khabar

नायगरा फल्समा हुने नेपाल फेस्टिवलमा जम्मा १०० डलरमा यातायात देखी २ दिन खाने-बस्ने व्यवस्था

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नायगरा फल्समा हुने नेपाल फेस्टिवलमा जम्मा १०० डलरमा यातायात देखी २ दिन खाने-बस्ने व्यवस्था

अमेरिकाको नायगरा फल्समा आयोजना हुँदै गरेको नेपाल फेस्टिवलमा सहभागी हुन चाहने नेपालीहरुका लागि न्यून शुल्कको घोषणा भएको छ । हामी नेपाली ग्लोवलको आयोजनामा अक्टोबर १ तारिकबाट सुरु हुने ‘नेपाल फेस्टिवल’मा सहभागी हुने नेपालीलाई जम्मा १०० डलरमा आवात, जावत साथै १ रात २ दिनको खाने बस्ने व्यवस्था गरिने भएको हो ।

यस विषयमा हामी नेपाली ग्लोवलले बुधवार पत्रकार सम्मेलन गरि अक्टोबर १ शनिबारबाट सुरु हुने २ दिने फेस्टिवलमा नेपालीहरुलाई अत्यन्त न्यून शुल्कमा उपस्थितीको व्यवस्था गरिएको जानकारी दिएको हो ।

नेपाली समुदायलाई विषेश लक्षित गरि आयोजना हुँदै गरेको फेस्टिवलबारे जानकारी दिंदै आयोजक संस्थाका डाइरेक्टर अफ पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले विदाको दिन पारेर आयोजना गरिदैं गरेको यस नेपाली फेस्टिवलमा सहभागि नेपालीलाई आउने–जाने तथा १ रात २ दिनका लागि बस्ने खाने खर्च १०० डलरमा मिलाउने जानकारी दिएका हुन् ।

नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुँदै गरेको यस फेस्टिवलमा नेपाली संस्कृति, भेषभुषा, नेपाली उत्पादन लगायतका विविध पक्षलाई समेटिने छ ।

संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष लामाले यो कार्यक्रम राजनीतिक तथा धार्मिक रुपमा नभई सम्पूर्ण नेपाली र मातृभूमि नेपालका लागि भएकाले विशुद्ध सामाजिक कार्यक्रमका रुपमा बुझ्न र सोही भावनाले उपस्थित हुन सबैमा अनुरोध गरेका छन् ।

अमेरिकामा रहेका क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न पत्रकार सम्मेलनमा नेजाका कार्यबाहक सभापति मच्छे गुरुङ, फिप्नाका सभामुख सुवर्ण शाक्य, तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङ, युनाइटेट किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राई लगायतले कार्यक्रममा बोल्दै अमेरिकामा रहेका नेपाली संवद्ध सबै संघ संस्थाले एकतावद्ध रुपमा यस कार्यक्रमलाई सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!