US Khabar

साँस्कृतिक रौनकका साथ टेक्ससमा थारु नारीहरुको महान् पर्व ‘जितिया’ सम्पन्न

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

साँस्कृतिक रौनकका साथ टेक्ससमा थारु नारीहरुको महान् पर्व ‘जितिया’ सम्पन्न

थारु समुदायको विषेश पर्व जितिया अमेरिकाको टेक्सासमा भव्यताका साथ मनाईएको छ । थारु नारीहरुको महान् पर्वका रुपमा रहेको जितिया टेक्ससबासी थारु समुदायको वृहत सहभागिताका माझ धार्मिक र साँस्कृतिक रौनकका सम्पन्न भएको हो ।

टेक्सास थारु सोसाइटीको आयोजनामा सम्पन्न यस बर्षको जितिया पर्वमा टेक्सस राज्यका विभिन्न स्थानमा बसोबास गर्ने थारु समुदाय सम्वद्ध सबै उमेर समुहका नेपालीहरुको उपस्थिती रहेको थियो ।

एकसाथ पर्वको उत्सव साटेको थारु समाजले यस कार्यक्रममा शुभकामना आदान प्रदान सहित भाषागत र झाम्टा नृत्य लगायतका साँस्कृतिक महत्व झल्कने विविध कार्यक्रम प्रस्तुत गरेका थिए ।

पछिल्लो समय टेक्सस राज्यमा थारु समुदायको वाहुल्यता वढ्दै गएकाले पनि यस राज्यका थारु महिला तथा युवाहरुको पहलमा केही समय अघि टेक्सास थारु सोसाइटीको स्थापना गरिएको हो । थप कार्यक्रमको तयारीमा रहेको थारु समाजको कार्यक्रममा जितिया पर्वको महत्व र सोसाईटीको स्थापना उदेश्यमाथी पनि प्रकाश पारिएको थियो ।

सोसाईटीकी महासचिव गीता महतोका अनुसार पहिलो पटक टेक्ससमा आयोजना गरिएको यस पर्वले आगामी बर्षहरुमा पनि निरन्तरता आयोजना गर्ने लक्ष्य संस्थाको रहेको छ ।

नेपालको तराई क्षेत्रमा विषेश महत्वका साथ मनाईने जितिया पर्व मधेशी र थारू समुदायका महिलाले मनाउने प्रमुख चाड हो । भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमीसम्म मनाईने यस पर्व भारतका विहार र उत्तर प्रदेशका हिन्दु महिलाले पनि श्रद्धापूर्वक मनाउँछन् ।

भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाका पुत्र जिमूतवाहनमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त थियो । तिनै भगवानले पुत्रको रक्षा गरून भनी नेपालको मिथिला क्षेत्र र उत्तर एवं पूर्र्वि भारतमा जितिया श्रद्दा पूर्वक मनाइन्छ । यो पर्वमा आमाले पुत्रको आरोग्य र संमृद्दिको लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ । पुत्रहीन आमाहरूले पुत्र प्राप्तिको लागि पूजा गर्दछन् । यो पर्व दशहरा भन्दा अघि अनंतचतुर्दशीबाट शुरु भई कतै कतै ३६ घण्टासम्म र कतै कतै दस दिनसम्म मनाइन्छ। महिलाहरूले मनाउने जितीया पर्वलाई नेपालकै कठोर बर्तको रूपमा हेर्ने गरिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!