US Khabar

न्यायको लागि संघर्ष: संयुक्त राष्ट्र संघ अगाडि हजारौं भुटानीले परिवार पुर्नमिलन हेतु शान्ति र्‍याली गर्दै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

न्यायको लागि संघर्ष: संयुक्त राष्ट्र संघ अगाडि हजारौं भुटानीले परिवार पुर्नमिलन हेतु शान्ति र्‍याली गर्दै

अमेरिकाको न्यूयोर्कमा नेपाली भाषि भुटानीको न्यायका लागि विश्वव्यापी शान्ति दवावको तयारी भएको छ । भुटानमा शान्ति निर्माण र मेलमिलाप साथै नेपाल र तेस्रो मुलुकहरुका रहेका भुटानीका लागि परिवार पुर्नमिलन हेतु सेप्टेम्बर २१ तरिक बुधबारका दिन बृहत शान्ति र्याली आयोजना हुने भएको हो ।

शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा ‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको कार्यलय अगाडि हुने शान्ति र्याली बुधबार दिउँसो १ देखि २ बजे सम्म चल्नेछ ।

न्यूयोर्कको डग ह्यामरस्कजोल्ड पार्कमा आयोजना हुने यस बृहत सहभगिता मूलक शान्ति र्यालीको उदेश्य नेपाल र तेस्रो मुलुकमा रहेका भुटानीलाई भुटानमा रहेका परिवारका सदस्य तथा आफन्त सँग पूनरमिलन र भेटघाट रहेको छ । लामो समयदेखी विछोडिएका भुटानका परिवारसंग भेट हुन नसकेका कारण अमेरिका, क्यानडा लगायत देशमा रहेर पनि उनिहरुले आर्थिक, सामाजिक तथा कानुनत रुपमा सहयोग गर्न नसक्दाको अवस्था उपर यस शान्ति र्यालीको आयोजना गरिने भएको हो ।

लामो समयदेखी परिवार र आफन्तसंग भेटघाटको वातावरण बन्न नसकेपछि शान्ति पहल भुटान (पीआईबी)ले यस विषयमाथी संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउने उदेश्यले शान्ति र्याली सहितको कार्यक्रमको आयोजना गरिने भएको हो ।

परिवारबाट अलग भएको दशकौं वितिसक्दा समेत यस विषयमा चासो र पहल नदेखाईनु मानविय र भावनात्मक संवेदनामाथीको हिंसा भएको भन्दै अमेरिकामा रहेका भुटानीहरुले बुधबार संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर शान्ति र्याली आयोजना गर्न लागेको हो ।

महासभाका समयमा विश्वका नेताहरुलाई नेपाली भाषि भुटानीहरुको अवस्था, समस्या र समाधानका विषयमा जानकारी दिनु पर्ने निर्णय अनुरुप सो दिन ठुलो संख्यामा भुटानीहरु शान्ति र्यालीमा सहभागि हुँदैछन् ।

अमेरिकामा मात्रै १ लाख १० हजार भन्दा बढी नेपाली भुटानी नागरिक रहेको उल्लेख छ भने विभिन्न देशमा १४ हजार भन्दा बढिको बसोबास रहेको छ ।

‘विदेशमा रहेकाहरु पारिवारिक विछोडका कारण मानसिक तनाव झेल्दै आएका मध्य धेरैले आत्महत्या समेत गरेका छन् । यस प्रकारको मानसिक हिंसाको अन्त्यका लागि यस कारण पनि आवाज उठाउनु जरुरी देखिएको छ कि अझै पनि भुटान सरकारले भुटानी कारागारहरूमा धेरै नेपालीलाई आजीवन कारावासको सजाय दिईरहेको छ ।

शान्ति र्यालीको उदेश्य विश्वा नेताहरूलाई मानवअधिकारको रक्षा, आग्रह, भुटानमा लोकतन्त्र, सकारात्मक शान्ति र मेलमिलाप निर्माण तथा विश्वास र आपसी समझदारीमा जन्म देशमा शान्ति स्थापना, भुटान सरकारबीच विद्यमान मतभेदको अन्त्य र दिगो शान्ति स्थापना रहेको छ ।
यस विषयमा जारी विज्ञप्तीम उल्लेख भए अनुसार भुटानी युवा पुस्ताको पनि यस र्यालीमा उल्लेखनिय सहभागिता रहने छ, किनकी उनिहरुले आफ्नो थाकथलो र हजुरबा हजुरआमा, आमाबुबा र प्रियजनहरूलाई भेट्न नपाएको दशकौं भै सकेको छ ।

‘न्यायको लागि संघर्ष’ नारा दिइएको शान्ति र्याली ग्लोबल सिटिजन्स सर्कल, भुटानी समुदायसंगको सहकार्यमा हुन लागेको यस र्यालीले सन् १९९० को शुरुवातमा जानीय विवेदको आधारमा लाखौं नेपालीभाषी भुटानीलाई देश छोड्न बाध्य पारिएको दिनको स्मरण सहित आफु र भुटानमा छुटेका परिवारको पुर्नमिलनका लागि दवाव दिने छ । अत्यन्त शान्त वातावरणमा बौद्धिक दवाव सृजना गर्दै गरेको यस र्यालीलाई सेन्ट्रल, हाउस अफ रिफ्युज अमेरिका, विश्व योग समुदाय ओहायो, गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका तथा शरणार्थी समुदायका संवद्ध धेरै गैर–संघ संस्थाको समर्थन रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!