US Khabar

रासस र नेजा संवद्ध अमेरिका निवासी पत्रकार अधिकारीलाई मातृशोक

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

रासस र नेजा संवद्ध अमेरिका निवासी पत्रकार अधिकारीलाई मातृशोक

अमेरिकामा रहेर नेपाली पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पत्रकार मधुकर अधिकारीलाई मातृशोक परेको छ । मंगलबार पत्रकार अधिकारीकी आमा तुलसादेवी अधिकारीको ८० बर्षको उमेरमा निधन भएको हो ।

अमेरिकाका लागि राष्ट्रिय समाचार समिति रासस संवाददाताका रुपमा कार्यरत पत्रकार अधिकारीकी आमाको मंगलबार चितवनको भरतपुर स्थित निजी निवासमा निधन भएको हो । पछिल्लो समय कोभिड संक्रमण भएपछि तुलसादेवीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । संक्रमणकै कारण उनको निधन भएको परिवारले बताएको छ ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व क्षेत्रिय संयोजक समेत रहेका पत्रकार अधिकारीलाई परेको मातृशोकप्रति नेजा अध्यक्ष विकास राज न्यौपाने लगायत अमेरिका र नेपालमा रहेका नेपाली पत्रकारिता संवद्ध सञ्चारकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!