US Khabar

नेपालको बैंकिंग अनुभबबाट अमेरिकाको बिमा क्षेत्रमा जमेका गगन केसी

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपालको बैंकिंग अनुभबबाट अमेरिकाको बिमा क्षेत्रमा जमेका गगन केसी

नेपाली विमा व्यवसायि गगन केसीले यस बर्ष पनि अमेरिकी अवार्ड प्राप्त गरेका छन् । वित्तीय क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर स्वरुप अमेरिकन विमा व्यवसायि केसीलाई यस बर्षको पावरिङ थ्रु द क्रुसेड अवार्ड सहित अन्य तिन अवार्डबाट सम्मानित भएका हुन् ।

अमेरिकाको लसभेगसमा आयोजित कन्भेन्सनमा बिभिन्न राज्यबाट विमा क्षेत्रमा व्यवसायिक योगदान पुर्याउनेहरु मध्येबाट उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा केसीलाई रातो कोट सहितको सम्मान प्रदान गरिएको हो । यस क्षेत्रमा रातो कोट सहितको सम्मानलाई लिडरसिप सम्मानका रुपमा हेर्ने गरिन्छ । जसको अर्थ बिमा क्षेत्रमा उत्कृष्ट सेल्स गरको भन्ने बुझिन्छ ।
४ हजार बढि बिमा व्यवसायिहरुको उपस्थितीमाझ लस भेगसमा भएको भव्य समारोहमा केसीलाई उत्कृष्ट व्यवसायि घोषणा गर्दै अवार्ड प्रदान गरिनु नेपाली समुदायका लागि गर्वको विषय भएको भन्दै अमेरिकी नेपाली समुदायले उनलाई बधाई तथा निरन्तर सफलताका लागि शुभकामना दिएका छन् । केसी लामो समय देखि टेक्सस्को नेपाली मन्दिरमा सामाजिक अभियान्ताका रुपमा कार्यरत छन् भने हाल मन्दिरको बोर्ड अफ डारेक्टर पनि रहेका छन् ।

गत बर्ष पनि उनि यस क्षेत्रबाट अवार्ड प्राप्त गर्ने नेपालीका रुपमा रहेका थिए । टेक्सासमा विमा क्षेत्रमा व्यावसायिक छवि वनाएका केसी वित्तीय साक्षरताका क्षेत्रमा दशकौंको अनुभव संगालेका व्यवसायि हुन् । नेपाल छँदाबाट नै बैंकिंग ंक्षेत्रमा आवद्ध उनले अमेरिकाको नेपाली समुदायलाई समेत प्रभावकारी सेवा प्रदान गर्दै आएका छन् ।

गत बर्ष समेत रुकि वेससप अवार्ड,फस्र्ट डाईमण्ड अवार्ड,फोकस अन फोकस अवार्ड लगायतका अवार्ड प्राप्त गरेका केसीले समारोहमा आफ्नो कार्यगत अनुभव र सफलता सम्मको यात्राबारे प्रकास पार्दै अवार्ड आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

जीवन विमा र त्यसमा हुने लिभिङ्ग वेनिफिटको कारण समुदायमा पछिल्लो समय विमाप्रति सकारात्मक धारणा बन्दै गएको बताउने केसीका बारेमा अवार्ड समारोह समितीले संक्षिप्त परिचय सहित उनको सफलताप्रति खुसी व्यक्त गरेको छ ।

वित्तिय क्षेत्रको व्यवसायिक कर्मसंगै सामाजिक रुपमा पनि क्रियाशिल केसीले नेपालीहरुको अवस्था सुधारका लागि विमा प्रभावकारी योजना भएको बताउने गरेका छन् । कम रकममै प्रिमियम तिरेर आफनो र परिवारका लागि सहज वातावरण सृजना गर्नमा लाभदायि हुने विमा भविश्यमा पर्ने अप्ठेरो अवस्थामा प्रभावकारी सहायक बन्न सक्ने उनि बताउँछन् ।

पछिल्लो समय अमेरिकमा हुने गरेका अप्रिय दुर्घटनाका समय संचालन गरिने गोफण्ड भन्दा विमा सहज र सवल रहने उनको तर्क छ । व्यक्ती र परिवार स्वयंलाई सक्षम बनाउन सके कुनै पनि असहज अवस्थामा आर्थिक संकटको भार नपर्ने बताउने केसी हरेक नेपाली आर्थिक रुपमा बलियो बन्नु पर्ने तर्फ गम्भिर देखिन्छन् ।

बिमा क्षेत्रमा सफलता हासिल गरेका अमेरिकन संस्था प्रिमियर फाइनान्स एलायन्सले आयोजना गर्दै आएको वार्षिक सम्मेलनमा केसी लगातार अवार्ड प्राप्त गर्न सफल नेपाली हुन् । गत बर्ष नेपाली समुदायबाट १० जनाले अवार्ड प्राप्त गरेका थिए । जसमा गगन केसी सहित ओम आचार्य, गुञ्जन भण्डारी, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौलाले अवार्ड प्राप्त गरेका थिए भने केसीले यस पटक बिल्डर अफ इन्भारोमेन्टर अवार्ड, पावरींङ्ग थ्रु द क्रुसेड अवार्ड, रेड ज्याकेट सम्मान र टर्निङ्ग पोइन्ट अवार्ड पाएका छन् ।
यस बर्ष अवार्ड पाउनेमा नेपाली समुदायबाट गगन केसी सहित ओम आचार्य, राम ढुंगेल, गुन्जन भण्डारी र रमा भट्टराई रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!