US Khabar

फ्लोरिडाको ‘इयान’ आँधीमा १९ जनाको मृत्यु: जर्जिया र साउथ क्यारोलिना पनि जोखिममा

- USKHABAR | २ महिना पहिले प्रकाशित

फ्लोरिडाको ‘इयान’ आँधीमा १९ जनाको मृत्यु: जर्जिया र साउथ क्यारोलिना पनि जोखिममा

अमेरिकाको फ्लोरिडामा आएको इयान नामक सामुन्द्रिक आँधीमा परी १९ जनाको मृत्यु भएको छ । फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटबाट सुरु भएको यस आँधीका कारण अहिले सम्म १९ जना मानिसको ज्यान जानुका साथै केही मानिसहरु वेपत्ता भएका छन् ।

बिहीबार साँझसम्म, आँधीमा १२ व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो, तीमध्ये सातजना शार्लोट काउन्टी दक्षिणपश्चिमी तटको नजिकको क्षेत्रका रहेका थिए , शुक्रवार सम्म, त्यो संख्या बढेर १९ जनाको मृत भएको पुष्टि भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब सामुन्द्रिक आँधीका रुपमा व्याख्या गरेको यस आँधीबाट घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ ।

अमेरिकन समाचार एजेन्सीहरुका अनुसार आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन निर्देशन दिईएको छ ।

 

बुधबारबाट सुरु भएको यस आँधीलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ जसमले प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा को वहाफ फ्याकिरहेको छ । आँधी सुरु भए लगत्तै आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको यस क्षेत्रमा विद्युत सेवा समेत बन्द गरिएको छ । करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इयान आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!