US Khabar
  • क्वारेन्टाईनबाट फर्किए लगत्तै अर्का युवकको पनि मृत्यु

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    क्वारेन्टाईनबाट फर्किए लगत्तै अर्का युवकको पनि मृत्यु

    बर्दियामा १४ दिन क्वारेन्टाईन बसेर फर्केका युवकको मृत्यु भएको छ ।  बर्दियाको बारबर्दिया नगरपालिका ३ मा रहेको क्वारेन्टानबाट आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएर घर फर्केका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

    दुई साताअघि काठमाडौंबाट नेपालगन्ज हुँदै बर्दिया आएका उनको बिहीबार क्वारेन्टाईनबाट फर्किए लगत्तै छाति दुखेर श्वास फेर्न कठिन भएपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    मृत्युपछि उनको स्वाब परिक्षणका लागि पठाईएको र स्वाब परिक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने बताईएको छ । उनको सव अघिले बर्दिया अस्पतालको शव गृहमा राखिएको छ ।

    यस अघि पनि सुर्खेतमा क्वरेन्टीनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी भएको थियो । जेठ ७ गते भारतबाट आएर सुर्खेतको जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेका २८ बर्षिय ति युवक भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेका थिए ।

    आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका उनको पनि घर फर्किए लगत्तै मृत्यु भएको थियो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरु मध्य अधिकांश क्वारेन्टाईनमा बसेकाहरु नै रहेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">