US Khabar

असन बांगेमुढामा मसाल जुलुस सहित मेयर बालेनको पुत्ला दहन

- USKHABAR | २ महिना पहिले प्रकाशित

असन बांगेमुढामा मसाल जुलुस सहित मेयर बालेनको पुत्ला दहन

मेयर बालेन्द्र शाहको पुत्ला दहन गरिएको छ । काठमाडौं असन स्थित बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि मसाल जुलुस सहित मेयर बालेनको पुत्ला दहन गरिएको हो ।

शनिबार काठमाडौं–२५ मा रहेको बांगेमुढा (थायमदु)मा रहेको (त्वाः छें ) भत्काएपछि विरोधमा खबरदारी सभा, मसाल जुलुस सहित मेयर बालेनको पुत्ला दहन गरिएको छ ।

मंका खल, आदिवासी जनजाती संघ लगायत नेवाः समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका हुन्। उनिहरुले बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस निकालेर विरोध स्वरुप मेयरको पुत्ला दहन गरेका हुन् ।

रिस्टोर त्वाःछें भनेर अभियान समेत सञ्चालन गरेका प्रदर्शनकारीले यो विरोध जारी नै रहने जनाएका छन्।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!