US Khabar

टेक्सासको डालसबाट संचालित हिमालयखबर र बाह्रखरीबीच सहकार्यको सम्झौता

- Admin | २ महिना पहिले प्रकाशित

टेक्सासको डालसबाट संचालित हिमालयखबर र बाह्रखरीबीच सहकार्यको सम्झौता

काठमाडौं । बाह्रखरी मिडिया र अमेरिकाबाट सञ्चालित हिमालयखबरबीच समाचारमा सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बाह्रखरी मिडिया र हिमालयखबरले उत्पादन गरेका समाचार सामग्रीहरू एक अर्काले प्रयोग गर्न सक्नेछन् ।

विचार, सम्पादकीय, ब्लगलगायतका सामग्रीहरु पनि एक अर्काले प्रकाशित गर्न सक्नेछन् ।दुवै सञ्चारगृहले संयुक्तरुपमा खोजी समाचार, सामाजिक, राजनीतिक, खेल तथा अन्य समाचारमा सहकार्य गर्न सक्नेछन् ।

बाह्रखरीले हिमालयखबरको अमेरिकामा रहेको कार्यालयमा आफ्नो शाखा स्थापना गर्न सक्नेछ भने हिमालयखबरले पनि बाह्रखरीको कार्यालयमा शाखा स्थापना गर्नेछ । दुवै सञ्चारगृहले कुनै पनि कार्यक्रम संयुक्तरुपमा आयोजना गर्न सक्नेछन् भने दुवै सञ्चारगृहले एकअर्काको समाचार प्रयोग गर्दा पूर्णरुपमा स्रोत खुलाउनेछन् ।

तर तेस्रो पक्षबाट लिइएका समाचार भने प्रयोग गर्न पाइने छैन ।

सोमबार बाह्रखरी कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले दुवै सञ्चारगृहबीच भएको समझदारीले मिडिया क्षेत्रमा नयाँ ढोका खुल्ने बताए ।

उनले हिमालयखबरसँग सहकार्य गर्न पाउँदा आफूहरुलाई पनि खुसी लागेको भन्दै आगामी दिनमा दुवै सञ्चारगृहले सामूहिक कार्यक्रम गर्न सकिने पनि बताए ।

त्यसैगरी हिमालयखबरका प्रबन्ध सम्पादक न्यौपानेले बाह्रखरीसँग सहकार्य गर्न पाउँदा आफू र आफ्नो टिम पनि गौरवान्वित रहेको उल्लेख गर्दै यो समझदारीले नयाँ ढोका खोलेको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!