US Khabar
  • नेपालीहरु लिएर अमेरिकाबाट जान लागेको विमानको उडान तालिका परिवर्तन

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    नेपालीहरु लिएर अमेरिकाबाट जान लागेको विमानको उडान तालिका परिवर्तन

    विश्वव्यापी महामारी कोभिड १९ का कारण महिनौंदेखी अमेरिकामा रोकिएका नेपालीहरु स्वदेश फिर्ता गर्ने उडान तालिका परिवर्तन भएको छ । यस अघि यहि जुन महिनाको २३ र २५ तारिखका दिन नेपाल पठाउने तयारी रहेकोमा अहिले उडान तालिका परिवर्तन भै जुन २३, २४ , र २५ तारिख तय भएको हो ।

    यस विषयमा अमेरिका स्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्ती अनुसार नयाँ तालिका अनुसार जुन २३ का दिन न्यूयोर्क ( JFK) बाट २२ बजेर ३० मिनेटमा टर्किस एरलाईन्सको उडान हुनेछ भने जुन २४ कै दिन टर्किस एरलाईन्सले शिकागो ( ORD)   बाट कतार एनवयजले १८ बजेर ५० मिनेटमा अर्को उडान भर्नेछ । यस अघि यो उठान २५ तारिख तोकिएको थियो जुन अघिले परिवर्तन भएर एक दिन अगाडी सरेको हो ।

    त्यस्तै जुन २४ कै दिन वासिङटन डिसी (IAD) बाट कतार एयरवयजले १० बजे आफ्नो उडान भर्ने भएको छ । यस अघि यो उडान जुन २३ तारिखका दिन तोकिएको थियो ।

    त्यस्तै जुन २५ तारिखका दिन टेक्सस डालस(DFW) बाट १८ बजेर १० मिनेटमा कतार एयरवयजले नेपालका लागि उडान भर्नेछ ।
    यि दुई उडाना बाट फर्कने यात्रुहरुका लागि छुट्टाछुट्टै दरको भाडा कायम गरिएको छ । जसमध्य टर्किस बिमानबाट फर्कने यात्रुका लागि कर सहित १५३७ अमेरिकी डलर र कतार एयरवेज कम्पनीबाट फर्कने यात्रुले कर सहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।

    हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य रहने र यात्रुलाई थप जानकारी चाहिएमा काठमाडौं स्थित टर्किस एयरलाइन्सको समपर्क नम्बर ४४३८३६३ मा र कतार एयरवेजको नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">