US Khabar

गायक तथा संगीतकार गौतम गजमेरको नयाँ गीत ‘यो कस्तो’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक तथा संगीतकार गौतम गजमेरको नयाँ गीत ‘यो कस्तो’ सार्वजनिक

गायक तथा संगीतकार गौतम गजमेरको नयाँ गीत सार्वजनिक भएको छ । प्रताप पाख्रीनको शब्दमा रहेको यो कस्तो बोलको गीत गायक गजमेर स्वयंको संगीतमा युटुव मार्फत सार्वजनिक भएको हो ।

रिदम रेकर्डिङ दार्जलिङमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन जीवन ‘प्रकाश’ले गरेका हुन् ।

विश्वब्यपापी महामारी कोभिड १९ लाई केन्द्रमा राखेर निर्माण गरिएको भएपनि यस गीतमा मान्छे मान्छे विचको आपसी द्वन्दले हराएको मानवता, जीवनप्रतिको नैरस्यता, मान्छे हुनुको अर्थबोध नबुझेर अल्मलिएका मानव जाती, अधिकारका नाममा मासिदैं गएको आत्मियता जस्ता संवेदनशिलतालाई प्रस्तुत गरिएको छ ।

गायक तथा संगीतकार गौतम गजमेर दार्जलिङमा रहेर नेपाली गीत संगीतमा निरन्तर सक्रिय संगीतकर्मी हुन् । उनको यस अघि ‘हलचल’ ‘बोलको गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!