US Khabar

भारतीय गोरखा सेनालाई चीनसँगको युद्धमा नलगाउन विप्लवको माग

- Admin | ३ वर्ष पहिले प्रकाशित

भारतीय गोरखा सेनालाई चीनसँगको युद्धमा नलगाउन विप्लवको माग

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय गोरखा सेनामा कार्यरत नेपाली युवालाई चीनसँगको युद्धमा नलगाउन माग गर्दै विदेशीको भाडावाल लडाकु नबन्न नेपालीलाई आह्वान गरेका छन् ।

शनिबार विज्ञप्ति निकालेर उनले भारत–चीन सीमामा तनाव बढेका बेला बिदामा रहेका गोरखा सैनिकहरुलाई फिर्ता बोलाउनुले त्यहाँ उनीहरुलाई परिचालन गर्ने सम्भावना देखिएको औंल्याएका छन् । विप्लवले भनेका छन्, ‘दुई समान छिमेकीका बीचमा भएको नेपाल र नेपाली जनताका लागि यो अति संवेदनशील र खतरनाक छ ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!