US Khabar

सिन्धु सोसाईटी अमेरिकाको फन्डराईजिगंका लागी दिपावली साँझ हुने

- USKHABAR | १ महिना पहिले प्रकाशित

सिन्धु सोसाईटी अमेरिकाको फन्डराईजिगंका लागी दिपावली साँझ हुने

न्यूयोर्कमा कृयासील सिन्धु सोसाईटी अमेरिकाले आइतबार न्यूयोर्कमा दिपावली साँझ गर्ने भएको छ । फन्डराईजिंग र दिपावलीको शुभकामना आदानप्रदान सहित सांगितीक कार्यक्रम हुने भएको हो ।
चर्चित गायक रामकृष्ण ढकालको बेजोड प्रस्तुती रहने कार्यक्रममा स्थानिय चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक सिन्धु सोसाइटी अमेरिकाका अध्यक्ष सुर्य खड्काले जानकारी दिएका छन् । सोसाइटी सिन्धुपाल्चोक घर भई अमेरिकामा रहेका नेपालीद्धारा समाजसेवाका लागी सन् २०१० मा न्यूयोर्क दर्ता भएको संस्था हो ।

संस्थाले हाल १३ जना जेहेन्दार बिद्यार्थीलाई अध्यापन गराउदै आएको छ भने ३ जना बिद्यार्थि १२ कक्षा उत्तिर्ण भई उच्च शिक्षा अध्ययन गर्दै आईरहेका छन् । संस्थाले हालै सिन्धुपाल्चोकमा एसईईमा जिल्ला उत्कृष्ट नतिजा ल्याउने २ जना बिद्यार्थीलाई जनही ५१ हजारका दरले सम्मान गरिएको थियो ।
आइतबार न्युर्याक गुल्सन टेरेस(ढाका क्लब)मा आयोजना हुने दिपावली साँझबाट संकलीत रकम नेपालमा रहेका बिद्यार्थीको शैक्षिक कार्यक्रम प्रयोग गरिने जनाईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!