US Khabar

नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

सत्तारुढ नेकपाले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा उभिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

७ वर्षसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेपालीसँग विवाहित महिलाले सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार पाउने गरी आवासीय परिचयपत्र दिनुपर्ने नेकपाको निष्कर्ष छ ।

‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ,’ उनले बैठकपछि भने

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!