US Khabar

अमेरिका निवासी रमेश एमकेको निर्देशनमा तिम्रो मेरो साथ, सार्बजनिक भयो पहिलो गित

- USKHABAR | १ महिना पहिले प्रकाशित

अमेरिका निवासी रमेश एमकेको निर्देशनमा तिम्रो मेरो साथ, सार्बजनिक भयो पहिलो गित

अमेरिकाको टेक्सस निवासी रमेश एमके पौडेलको निर्दशनमा रहेको नेपाली चलचित्र तिम्रो मेरो साथको पहिलो गित सार्वजनिक भएको छ । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा तिम्रो मेरो साथको पहिलो गितको भिडियो सार्वजनिक भएको छ ।

लक्ष्मीपुजाको अवसर पारि सार्वजनिक गरिएको गितको भिडियो नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मीलाई देख्न सकिन्छ । रुमालै बाटेर टाई बनाउ बोलको गित युट्युब च्यानल बोधी एचडि मार्फत सार्वजनिक भएको हो । पहिलो गित संगै चलचित्रको पहिलो आधिकारीक पोस्टर समेत सार्वजनिक भएको छ ।
निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनालले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो सिनेमा हो । तिम्रो मेरो साथ मा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सहनिर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

सार्बजनिक गितको भिडियो हेर्नः 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!