US Khabar
  • काबुलस्थित अमेरिकी दूतावासका कर्मचारी र नेपाली गोर्खा सैनिकमा कोरोना संक्रमण

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    काबुलस्थित अमेरिकी दूतावासका कर्मचारी र नेपाली गोर्खा सैनिकमा कोरोना संक्रमण

    अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यहाँ काम गर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।

    तर विदेश मन्त्रालयले यहाँका कति जना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने स्पष्ट पारेकाे छैन। तर पनि करिब २० जनामा यो संक्रमण देखिएको बताइएको छ।

    तीमध्येका धेरैजसो दूतावास सुरक्षामा कार्यरत नेपाली गोर्खाहरु रहेको बताइएको छ। तर दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ। (रासस)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">