US Khabar

टेक्ससको डेण्टनमा आईतबारबाट छठ विषेश कार्यक्रम सुरु हुँदैे

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

टेक्ससको डेण्टनमा आईतबारबाट छठ विषेश कार्यक्रम सुरु हुँदैे

टेक्ससमा छठ पर्व भव्य रुपमा बनाईने भएको । डिएफडब्लु क्षेत्रमा स्थापित छटपूजा कमिटीको आयोजनामा अक्टोबर ३० तारिक आईतबारट विविध कार्यक्रम सहित टेक्ससको डेन्टनमा पर्व मनाईने भएको हो ।

आईतबार र सोमबार दुई दिन मनाईने यस पर्व विषेश कार्यक्रम अन्तरगत पहिलो दिन अर्थात आईतबार मध्यान्ह ३:३० बजेबाट सुरु हुने छठ कार्यक्रम साँझ ७ बजेसम्म चल्नेछ भने सोमबार विहान ५ बजेबाट ८:३० बजेसम्म पूजा सहितको कार्यक्रम रहेको छ ।

विकाश गुप्ता किशोर र रामकृष्ण यादवको प्रायोजनमा आयोजना हुँने यस कार्यक्रममा उपस्थित हुन चाहनेहरुको सहजताका लागि डा. उमेस यादव, रोज झा, मनि कर्ण, हेमन्त झा, विकाश गुप्ता र सुजित झाको सम्पर्क नं. पनि सार्वजनिक गरिएको छ ।

नेपालको तराई क्षेत्रमा विषेश महत्वका साथ मनाईने छठ पर्वलाई हिन्दुहरुको महत्वपूर्ण पर्वका रुपमा हेरिन्छ । षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना सहित व्रत बसेर मनाईने यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

तराई क्षेत्रमा मुस्लिम समुदायले समेत विषेश पर्वका रुपमा हेर्ने यस पर्वमा श्रद्धापूर्वक पुजा आरधान गर्दा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास रहेको छ । भारतमा समेत विषेश महत्वका साथ मनाईने छठ पर्वमा व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिने गरिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!