US Khabar

सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश: केन्द्रीय कारागार जगन्नाथ देवल चलान

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश: केन्द्रीय कारागार जगन्नाथ देवल चलान

फाईल फोटो

काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । २ महिना पहिले १७ वर्षीया बालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासको इजलासले केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश दिएको हो।

लामिछाने विरुद्ध उजुरी पर्दा उनि खेलका लागि देश बाहिर रहेका थिए । लामिछाने विदेश जानु अघि आफुमाथी बलत्कार भएको उजुरी पिडित बालिकाले दिएकी थिईन् ।

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

देश विदेशमा रहेका नेपालीमाझ शिर्ष चासोका रुपमा रहेको यस घटनाबारे उनले केही बोलेका थिएनन् । पछि उनले सामाजिक संजाल मार्फत आफु निर्दोश रहेको बताएका थिए । उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेर असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

प्रहरीले लामिछाने विरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को ९घ० अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!