US Khabar

कोलोराडोमा भिंतुना कार्यक्रम सम्पन्न, खलःको अध्यक्षमा भूषण लाल श्रेष्ठ

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

कोलोराडोमा भिंतुना कार्यक्रम सम्पन्न, खलःको अध्यक्षमा भूषण लाल श्रेष्ठ

नेपाल सम्बत् ११४३ को अवसरमा कोलोराडो, अमेरिकामा ने.सं. ११४३ कछलाथ्व षष्ठी तिथि(अक्टोबर ३०) आइतबारका दिन भिंतुना(शुभकामना) आदानप्रदान गरेर नयाँ वर्ष मनाइएको छ ।

लङमन्टका सिटी काउन्सिल सदस्य शिकिता यारबोरोले पानसमा दीप प्रज्ज्वलन र अध्यक्ष प्रेम काजी श्रेष्ठले नेपाल सम्बतका प्रणेता नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा
फूलमाला चढाएर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । साथै प्रमुख अतिथि यारबोरोले कोलोराडो नेवाः खलःको कुताक्षर अक्षरमा लेखिएको लोगोको पनि विमोचन गर्नुभएको थियो ।

नेपाली/नेपालभाषाका वाङमय् शताब्दी पुरुष स्वर्गीय प्रा. डा. सत्य मोहन जोशीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने नेपाल सम्बतका प्रणेता तथा नेपालका राष्ट्रिय विभूति शंखधरको भिडियो प्रस्तुत गरी नेपाल सम्बतको बारेमा जानकारी गराइको थियो ।

सविशा श्रेष्ठको नृत्य एवं सुरेश चन्द्र प्रधानले बॉंसुरीको धुन बजाइ दर्शकलाई मनोरञ्जन गराएका थिए । त्यसैगरी आजीवन सदस्यहरु तथा तपसीलका नयॉं कार्यसमितिका सबैलाई प्रमुख अतिथि यारबोरोले प्रमाणपत्र प्रदान गरेका थिए –
१. अध्यक्ष – श्री भूषण लाल श्रेष्ठ
२. निवर्तमान अध्यक्ष – श्री प्रेमकाजी श्रेष्ठ
३. उपाध्यक्ष – श्री मनोज काजी तुलाधर
४. महासचिव – श्री सञ्जय शाक्य
५. सचिव – श्री नारायण प्रसाद दुवाल
६. कोषाध्यक्ष – श्री मोहन काजी श्रेष्ठ
७. साँस्कृतिक सचिव – श्री सुरेन्द्र महर्जन
८. इभेन्ट अफिसर – श्रीमती सुनन्दा डंगोल
९. पब्लिक रिलेसन अफिसर – श्रीमती विनिशा श्रेष्ठ
१०. सदस्य – श्री सुरेश श्रेष्ठ
११. सदस्य – श्री सुरेन्द्र अवाल
१२. सदस्य – श्री जोशन श्रेष्ठ
१३. सदस्य – श्री अनिल बज्राचार्य

१२ वर्षअघि नेपाल सम्बत् ११३० मा प्रेम काजी श्रेष्ठको अगुवाइमा कोलोराडो नेवाः खलः गठन भएको थियो । ने. सं. ११४३ तथा १३औं वर्ष प्रवेशको समारोहमा सहभागीहरुलाई टीका सँगै अण्डा सगुन दिएर लसकुस(स्वागत) गरिएको थियो । खलःका महासचिव मनोज काजी तुलाधरले सम्पूर्ण आगन्तुकहरुलाई स्वागत दिएका थिए भने विनिशा श्रेष्ठले उद्घोषण सम्हालेका थिए । स्थानीय संस्थाहरुका तर्फबाट गैरआवासीय नेपाली संघका उपाध्यक्ष बिष्णु पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका राजु सिटौला, नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल, रक्की माउन्टेन फ्रेण्ड्स् अफ अमेरिकाका टिका पौडेल र हेल्पिङ ह्याण्ड्सका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

भिंतुना समारोहमा नव गठित कार्यसमितिका अध्यक्ष भूषण लाल श्रेष्ठले नेपालभाषा, नेवाः संस्कृतिको संरक्षण तथा विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठलाई प्रशंसापत्र दिएका थिए भने महासचिव सञ्जय शाक्यले सबैलाई शुभकामनाको साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!