US Khabar

एनआरएनए कोलोराडो च्याप्टरले व्यवसाय र कर योजना सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गर्दै

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

एनआरएनए कोलोराडो च्याप्टरले व्यवसाय र कर योजना सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गर्दै

गैर आवासिय नेपाली संघ एनआरएनए कोलोराडो च्याप्टरले व्यवसाय र कर योजना सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । कोलोराडो च्याप्टरले अध्यक्ष आर सि पन्त सहितका व्यवाियक बक्ताहरुको साथमा नोभेम्बर ६ तारिक आईतबारका दिन व्यपार तथा कर विषयक कार्यक्रम राख्ने भएको हो ।

आईतबार दिउँसो १ बजेबाट सुरु हुने यस कार्यक्रम भर्चुअल माध्यम जुम मार्फत आयोजना हुँदैछ । जसमा एक दशक भन्दा बढी सरकारी लेखा तथा व्यवसाष्कि अनुभव संगालेका च्याप्टर अध्यक्ष पन्त एमविए, सचिव संकर गुरुङ, सहित ग्लोबल सियर सर्भिस जीएसएसका डाईरेक्टर सन्तोस तिमल्सिना र जिएसएस अध्यक्ष तथा सीईओ गणेश सि बानिया प्रमुख वक्ताका रुपमा रहने छन् ।

कोलोराडो च्याप्टरको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष लाईभ गरिने यस कार्यक्रम उपस्थित हुन नसक्नेहरुका लागि पनि लाभदायक हुने देखिन्छ ।

आफ्नो राज्यमा व्यापार बढाउने,  कर योजना र कर तयारी, साना व्यवसायका लागि लेखा र पेरूल, इन्टिटी समावेश र विघटन जस्त महत्वपूर्ण विषयमा बहस कार्यक्रम गर्नुका साथै अन्य विविध व्यापारिक समस्याहरूमाथी पनि छलफल हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!