US Khabar

६ बर्ष लामो विश्व रेकर्ड ब्रेक: अमेरिकी पावरबल लोटरीको ज्याकपट १ दशमलव ९ बिलियन

- Admin | ३ हप्ता पहिले प्रकाशित

६ बर्ष लामो विश्व रेकर्ड ब्रेक: अमेरिकी पावरबल लोटरीको ज्याकपट १ दशमलव ९ बिलियन

विश्वकै अहिले सम्मको ठूलो राशीको लोटरी रेकर्ड राख्दै पावरबल ज्याकपट अब १ दशमलव ९ बिलियन पुगेको छ । शनिबार रातिको ड्रइङमा कुनै पनि विजयी टिकटहरू बिक्री नभएपछि विश्व लोटरी ईतिहासमा गिनीज बुक रेकर्ड राख्दै पावरबल ज्याकपट १ दशमलव ९ बिलियन पुगेको हो ।

शनिबार छानिएका नम्बरहरु २८, ४५, ५३, ५६ र ६९ रहेका छन् भने पावरबल नम्बर २० रहेको छ । ४१ औं पावरबलका रुपमा खेलिएको ज्याकपटले ६ बर्ष लामो को गिनीजबुक रेकर्ड तोडेको हो ।

अमेरिकी चिट्ठा पावरबल रेकर्ड जनवरी २०१६ यता गिनिज बुकमा विश्वकै सबैभन्दा ठूलो राष्ट्रिय ज्याकपटका रुपमा कायम भएको थियो । सो समय १ दशमलव ५८६ बिलियन डलरको ज्याकपट खोलिएको थियो । जो अमेरिका भरमा तीन जनाले जीतेका थिए ।

पावरबल लोटर चिट्ठा टिकटको मूल्य २ डलर रहेको छ । यो खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिने पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । तर अमेरिकाको अलाबामा,अलास्का ,हवाई, मिसीसिपि, नेभादा र युटाह राज्यहरुमा पावरबल खेलाउने अनुमती छैन ।

कसैले ज्याकपट जितेमा विजेताले ठूलो रकम करमा तिर्नु पर्ने यस अमेरिकी लोटरी विजेताहरूलाई रकमका हकमा २ वटा योजना रहेका हुन्छन । जसमा बिजेताले जितेको पुरस्कार एकमुष्ठ प्राप्त गर्ने अथवा २९ बर्षमा ३० पटक गरी पुरस्कार प्राप्त गर्ने भन्ने योजना मध्य कुनै एक योजना विजेताले छान्नुपर्ने हुन्छ ।

विजेताले जितेको रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ भने एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशत पनि तिर्नुपर्ने हुन्छ । त्यसपछि पनि विजेताको व्यक्तीगत विवरण, टिकट खरिद गरेको स्थान लगायतका आधार पुष्टी सहित राज्य र सिटीका करहरु पनि तिर्नुपर्ने हुन्छ । महंगो कर तिर्नुपर्ने भएकाले विजेताले हेडलाइन भन्दा धेरै कम रकममात्र पुरस्कारका रुपमा घर लाने गर्दछन् ।

लामो समयपछि विश्व रेकर्ड तोड्ने गरि ज्याकपट १ दशमलव ९ बिलियन पुगेपछि यतिवेला विश्व बजारमा यस लोटरीका बारेमा शिर्ष चासो र चर्चा देखिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!