US Khabar

नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठकमा सहमती हुन सकेन

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठकमा सहमती हुन सकेन

सत्तारुढ नेकपाको विवाद मिलाउन बालुवाटारमा आइतबार भएको वार्ता बिना सहमती टुंगीएको छ । सबै विषयमा छलफल भए पनि सहमति नभएपछि सोमबार ११ बजे स्थायी समिति बैठक अघि फेरि छलफल गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेको यस बार्ता नेकपाको विवाद बिषयमा बिषयमा केन्द्रीत रहेको थियो ।

स्थायी सहमतिमा बहुमत सदस्य प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने पक्षमा छन् । ओली भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छन् ।

यो बीचमा अध्यादेश ल्याएर पार्टी विभाजन, कांग्रेससँग मिलेर सरकार सञ्चालन जस्ता अनेक विश्लेषण भएका छन् । ओली पक्षले नेकपाभित्र बाटै महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन खोजिएको दाबी गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!