एनआरएनए अमेरिकाको आसन्न निर्वाचन २०१९-०२१ का लागि संजय थापाको प्यानलबाट बोर्ड अफ डिरेक्टर पदमा उमेद्वारी दिएका देवराज न्यौपानेले नेपाली समुदाय निकट स्थानिय संघ संस्थालाई एनआरएनए अमेरिका संग जोड्नु पर्ने मान्यता सहित चुनावी मैदानमा उत्रिएका छन् ।

सन् २००६ मा डिभी परेर अमेरिका आएका न्यौपाने सुरुवाती दिनबाट नै एनआरएनए संग निकट रहेका छन् । हाल टेक्ससको अस्टीनमा रहँदै आएका उनि सामाजिक कामका क्रियाशिल छन् । स्थानीय संस्थाहरु नैं एनआरएनका ग्रासरुट संगठनहरु भएकाले यस्ता संस्थाहरुले समुदायका लागि गरिरहेका कामहरुमा नेतृत्व र समन्वयकारी भुमिका एनआरएनका माथिल्ला निकायहरुले खेल्नु पर्ने मान्यता राख्ने न्यौपाने एनआरएनको संगठनात्मक संरचना साथै काम र उद्देश्य प्रष्ट पार्नु पर्ने बताउँछन् ।

संगठनलाई निश्चित बिधिमा चलाएर ईमान्दारिता, पारदर्षिता र जबाफदेहिता स्थापित गर्नु पर्ने धारणा राख्ने उनि यसका लागि सबैलाई एकजुट बन्न अनुरोध गर्दै बोर्ड अफ डाईरेक्टर पदको लागि चुनाव लड्दैछ ।

Comments

comments