US Khabar

नेपालगन्ज म्याराथनले जोड्नेछ अन्तराष्ट्रिय समुदायलाई

- Admin | ३ हप्ता पहिले प्रकाशित

नेपालगन्ज म्याराथनले जोड्नेछ अन्तराष्ट्रिय समुदायलाई

नेपालगन्ज : नेपालगन्जमा आयोजना गरिन लागेको आठौं नेपालगन्ज म्याराथनले अन्तराष्ट्रिय समुदायलाई समेत जोड्ने भएको छ । हरेक वर्ष मंसिर ५ गते आयोजना गरिने नेपालगन्ज म्याराथन यस पटक निर्वाचनका कारण मंसिर २४ गते हुने तय भएसगैं अन्तराष्ट्रिय समुदायबाट पनि यसको चासो व्यक्त हुन थालेको छ ।

हालसम्म ५ वढि देशहरुबाट नेपालगन्ज म्याराथनमा सहभागि जनाउन आउने कुरा भैसकेको बताउँदै आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले यस बाट अन्तराष्ट्रिय मन्चमा पुग्न सहज बनेको उल्लेख गरे । यसवर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किलोमिटर, २१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर गरि चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथान प्रवेशद्धारका रुपमा रहने अध्यक्ष ठकुरीले बताए । गत वर्ष झै यस वर्षपनि विभिन्न ११ विधामा स्पर्धा समावेश गरिने अध्यक्ष ठकुरीले जनाए ।

कर्पोरेट तर्फ महिला यसवर्ष थप गरिएको छ । केहि विधातर्फ नगद पुरस्कार राशिमा समेत वृद्धि गरिने आयोजकले जनाएको छ । आजोजकले सोमबार टि –सर्ट सार्वजनिक गर्दै म्याराथानको अन्तराष्ट्रिय मान्यताको खुसि साटेको थियो । कार्यक्रममा नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रसान्त विष्ट, व्यवसायि प्रदिप छाछेड, चम्पलाल बोथरा र नेपालगन्जका क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!