एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचन पूर्व निर्धारित कार्यतालिका अनुसार तोकिएकै दिनमा सम्पन्न हुने भएको छ । गत अप्रिल २६ तारिकका दिन बर्तमान एनआरएनए अमेरिका अध्यक्ष केसव पौडेल र संयोजक गौरी जोसी बिरुद्ध दायर भएको मुद्धा आज खारेज भएपछि आसन्न निर्वाचन २०१९-०२१ यहि मे १८ र १८ का दिन नै सम्पन्न हुने भएको हो ।

मे १८ र १९ का दिन निर्वाचनको मिती तय भै सकेको भएपनि संस्थाकी पूर्व अध्यक्ष रविना थापा र उनका पति नारायण थापाले बिभिन्न बिषयमा बिरोध गर्दै यो निर्वाचन स्थगित गर्न टेनिसी कोर्टमा मुद्धा दर्ता गराएका थिए । निर्वाचनको संघारमा थापा दम्पत्तीले गरेको यो बिरोधले केही अन्यौलता सृजना गरेको भएपनि निर्वाचन तोकिएकै मितीमा हुने उमेद्वारहरुले बताउँदै आएका थिए ।

मुद्धा दर्ता गराएका नारायण थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा आज बिहान ‘ल साथिहरु चुनाबमा लाग्नुहोस, अब यो चुनाबमा पनी धादली भए बदर हुने कोर्टको निर्णय भयो।‘ भन्ने स्ट्याटस राखेसंगै यो निर्वाचनमा परेको उजुरी फिर्ता लिईको पक्का भएको छ भने बर्तमान अध्यक्ष पौडेलले पनि अदालतबाट सो मुद्धा आज बिहान खारेज भएकाले निर्वाचन पूर्व निर्धारित मिती मै हुने जानकारी दिएका छन् ।

 

 

Comments

comments