एनआरएन अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि बोर्ड आफ डाईरेक्टर पदमा उमेद्वारी दिएका ध्रुव कुमार झाले समावेशी एनआरएनए निर्माणले सबै क्षेत्रको बिकास हुन सक्ने बताएका छन् ।

नेपालको जनकपुरका स्थायि बासिन्दा झा  जनकपुरको रारा ब. क्याम्पसमा अध्ययनरत रहँदा नेविसंघ निकट रहेर बिद्यार्थी राजनितीमा सक्रिय थिए । ईन्डियन एम्बेसी मार्फत भारत गएर ईन्जीनियरिङ गरेका झा सन् २००१ मा  ईन्जीनियरिङमा मास्टर्स अध्ययनका लागि अमेरिका आएका हुन् । पेसाले आईटी ईन्जीनियर झाले १६ बर्ष देखी आफ्नै आईटी ब्यवसाय सञ्चालन गरिरहेका छन् ।

सानफ्रान्सिस्को निवासी उनि सवल, सक्षम र समावेशी एनआरएनए निर्माण गर्न सके सबै समुदाय र क्षेत्रको बिकास हुन सक्ने मान्यता सहित उमेद्वारी दिएका उमेद्वार हुन् । नेपालको तराई क्षेत्रका समुदायको बिकासका लागि  आफुले हासिल गरेको आईटी क्षेत्रको ज्ञान  र सिपलाई बिस्तार गर्ने उद्येश्यले सामाजिक सेवाभावले यस चुनावमा उमेद्वारी दिएको बताउने झाले सबै मतदातासंग साथ र सहयोगका लागि अनुरोध गरेका छन् ।

Comments

comments