US Khabar

एभिएसन भ्लगर साम चुईसंगलाई ककपिटबाट अन्तर्वार्ता दिएपछि विजय लामालाई उडानमा रोक

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

एभिएसन भ्लगर साम चुईसंगलाई ककपिटबाट अन्तर्वार्ता दिएपछि विजय लामालाई उडानमा रोक

आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् । कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।

उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् । छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।

हालै एभिएसन  भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ । यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो ।

सो सम्बन्धमा प्राधिकरणले छानविन सुरु गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । छानविन जारी रहँदा निगमले उडानको रोष्टरबाट उनको नाम हटाएको छ ।

ककपिटमा अनाधिकृत व्यक्तिको प्रवेशले उडान सुरक्षामा असर पुग्छ । यसको वेवास्ता गर्दै पाइलट विजय लामाले भिडियो अन्तर्वार्ता ने दिएसँगै उनी छानविनमा तानिएका हुन् ।

‘उहाँ अहिले अनुसन्धानको दायरामा हुनुहुन्छ, त्यसपछि प्रतिवेदन महानिर्देशक कहाँ जान्छ, महानिर्देशकबाट जे निर्णय हुन्छ, त्यही अनुसार कारवाही हुन्छ,’ भुलले भने ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!