एन्फा कार्यसमिति बैठक बस्दै, वरिष्ठ उपाध्यक्षको टुंगो लाग्ने

7

काठमाडौं । वरिष्ठ उपाध्यक्ष चयनलगायत विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ । चारजना उपाध्यक्षमध्ये एकलाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने तयारीसहित एन्फा कार्यसमिति बैठक बूढानीलकण्ठस्थित पार्क भिलेजमा सुरु भएको हो । उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, विरबहादुर खड्का र कृष्ण थापामध्ये एकले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउने छन् ।

एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा पछिल्ला कार्यविवरणसँगै वार्षिक कार्यक्रम तथा बजेट र कर्मचारी कार्यविधिबारे पनि छलफल हुनेछ ।

Comments

comments