US Khabar

नेपाली किशोरी परिजिता अमेरिकी रियालिटी शो द भ्वाइसको शिर्ष १६ मा प्रवेश-भोटिङ चरण सुरु

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेपाली किशोरी परिजिता अमेरिकी रियालिटी शो द भ्वाइसको शिर्ष १६ मा प्रवेश-भोटिङ चरण सुरु

वहुचर्चित अमेरिकी रियालिटी शो द भ्वाइसको व्लाइण्ड अडिसन राउण्डदेखि एकाएक चर्चामा आएकी नेपाली किशोरी परिजिताले फेरी अर्को चर्चा थपेकी छन् । अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोलाले सोमबार दिएको प्रस्तुतीले १६ प्रतिस्प्रद्धी मध्ये सर्वोत्कृष्ट स्थान हासिल गरेपछि उनि विश्वभर थप चर्चाका रुपमा देखिएकी हुन् ।

नोभेम्बर १४ सोमबार राती ८ बजे सुरु भएको द भ्वाइसको प्रतिस्पर्धात्मक चरणमा पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरे पछि उनको गायनलाई चारै जना जजले उभिएर सम्मान व्यक्त गरेका थिए । यो संग अव परिचिताले भोटिङ चरण प्रवेश गरेकी छन् । शीर्ष १६ मा छनौट भएकी उनले अव जनताको भोटको आधारमा अर्को चरणमा प्रवेश पाउने छन् । भोटिङ खुल्ला गरिएको यस चरणबाट उनले प्राप्त गर्ने मतका आधारमा मंगलबार राती सम्म शीर्ष १३ को यात्रा तय हुने छ ।

नेपाली पहिरनमा नै यस पटक पनि पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” को बेजोड प्रस्तुति दिएकी थिईन् ।
परिजितालाई मत गर्ने तरीक
अमेरिका बाहिरका प्रसंसकका लागि https://voice.vote.nbc.com/मा गएर ईमेल मार्फत आफ्नो परिचय प्रोफाईल क्रियट गरेर १० पटक सम्म मतदान गर्न सकिने व्यवस्था रहेको यस भोटिङ सिस्टम अन्तरगत अमेरिकाबाट App Store/ Play store  मा http://‘The Voice App’ डाउनलोड गरेर भोट गर्न सकिने छ ।

झापा स्थायि घर भै २५ बर्ष देखि अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका पंकज बास्तोला र बिरा बास्तोलाकी छोरी हुन् परिजिता । परिवारकी कान्छि सन्तान उनको जन्म मेरिल्याण्ड मै भएको हो । सानै बाट गायनमा रुचि राख्ने उनले सो समय गाएका गीतका भिडियोपनि सामाजिक संजालमा सार्वजनिक भएका छन् । जहाँ उनले बच्चा बेलामा पनि कुशल गायनका साथ किबोर्ड र गीतार सहित गीत प्रस्तुत गरिहेको देख्न सकिन्छ ।

व्लाइण्ड अडिसनबाट नै सवै कोचको मन जित्दै अघि बढेकी उनका बारेमा थप फलोअप रिपोर्टहरु प्रकाशन र प्रसारण भै रहेका छन् । अमेरिकी सञ्चार माध्यमले उनिसंग अन्तरवार्ताहरु गर्दै आएका छन् । जसमा उनले आफु नेपाली भएको कुरा उल्लेख गर्दै आएकी छन् । अडिसनबाट नै उनले आफु नेपाली भएको बताएका कारण पनि पछिल्लो समय उनका नेपाली प्रशंसक ज्यादा देखिएका छन् ।

अमेरिकी द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मुलकी अमेरिकी किशोरी हुन् पराजिता । अमेरिकामा नै जन्मिएकी उनलाई अंग्रेजी गीत गाउन सजिलो हुने नै भयो तर उनले नेपाली गीतहरु पनि मिठोसंग गाउदै आएकी छन् । नारायण गोपाल, साजन राज बैद्य लगायतका गीतहरुमा उनले भरेको आवाजले सामाजिक संजालमा चर्चा पाईरहेका छन् ।

गायन र पढाई दुवैमा राम्रो गर्दै अघि बढेकी पराजिता विद्यालयमा उत्कृष्टता हासिल गरेर प्रेसिडेन्ट अवार्ड देखी हरेक परीक्षामा अनरोल अवार्ड समेत प्राप्त गर्न सफल बिद्याथी पनि हुन् । सामाजिक काममा रुचि भएकी उनि पछिल्लो समय समुदायको काम र स्थानीय राजनीति बुझ्न सेभेर्ना पार्क डेमोक्रेटिक क्लबसंग को कार्यकारी सदस्यका रुपमा आवद्ध छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!