सुचना सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतालाई फाईदा हुने गरि कानुन बन्ने भएकोले सबै मिडिया तथा पत्रकारलाई ढुक्क हुन आग्रह गरेका छन् । चितवन स्थ्ति सौराहामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बास्कोटाले मिडियालाई कमजोर पर्ने गरि कुनै पनि कानुन निर्माण नहुने भन्दै मिडियाको पक्षमा सरकार सधै उभिने बताएका हुन् ।

उनले पछिल्लो समय पत्रकारहरुको रुष्टता प्रति ईङकित गर्दै सरकारले ल्याएको मिडिया विध्ययेक समेत परिर्बतन नहुने अडान राखेका छन् । सबै मिडिया लाई समानुपातिक बिज्ञापन प्रणलिमा लैजाने कुरामा केहि ठुला मिडियाले बिरोध जनाए पनि सबै मिडियालाई समानुपातिक ढङ्ग मार्फत बिज्ञापन बितरण गर्ने बताए ।

उनले न्यायलय, कानुन तथा निजी कुरालाई जोडेर भ्रामक र तथ्य हिन समाचार प्रशारण गर्छ भने त्यस्ता ब्यत्तीलाई कनुनको दायरामा ल्याने समेत उल्लेख गरे । पत्रकारको न्युनतम पारिश्रमिक, समानुपातिक बिज्ञापन प्रणाली, लगाएत आर्थिक स्वतन्त्रताको कुरा बिद्येयकमा उल्लेख गरिएको भन्दै प्रमाण सहित समाचार लेख्दा कुनै अपठ्यारो नपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

Comments

comments