US Khabar

समाजसेवी ईराआचार्यको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

समाजसेवी ईराआचार्यको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न

स्वर्गीय इरा आचार्य डालस-फोर्टवर्थमा रहि आफ्नो जीवनकालमा उत्कृस्ट समाजसेवा गर्नु भएकी समाजसेवी ईरा आचार्यको तेश्रो पुण्य तिथीको अवसर पारेर उहाँको सम्मान तथा सम्झनामा नेपाली मन्दिर अर्भिङ्ग डालस टेक्सास अमेरिकामा गत आइतबार १३ नोवेम्बर २०२२ मा बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा प्रारम्भिक परिक्षणबाट रक्तदान गर्न नमिलेकोले ३ जनाले रक्तदान गर्न पाउनु भएन भने रक्तदान गर्न योग्य ३५ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदानको प्रयोजनको लागि कार्टर ब्लड सेन्टरका दुइटा बसहरु तथा प्राविधिकहरु परिचालित थिए ।

 

डालस-फोर्टवर्थका १० सामाजिक संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका, ड्यालस एभरेष्ट लायन्स क्लब, अरभिङ एभरेष्ट सेन्टेनिअल लायन्स क्लब, प्लानो कोलिन्स नेपाली लायन्स क्लब, ड्यालस पोखरा लायन्स क्लब, ड्यालस बुद्ध लायन्स क्लब, ड्यालस लुम्बिनी लायन्स क्लब, नेपाली सोसाइटी अफ टेक्सास, डेभलपमेन्ट फर पिस इन्टरनेसनल र हर्स्ट नेपाली सोसाइटीको संयुक्त आयोजनमा सो कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा सवै आयोजक संस्थाहरुका प्रमुख वा प्रतिनिधिहरुका साथै रक्तदाताहरु, समाजसेवीहरु तथा स्वयमसेवीहरुको उपस्थिति थियो । कार्यक्रममा बिभिन्न वक्ताहरुले सामाजिक सेवाको महत्व तथा समाजसेवामा ईरा आचार्यको योगदानको चर्चा गर्नु हुँदै मानव जीवनमा रक्तदानको उच्च स्थान रहेको सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका पुर्व अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार डा. नन्द रेग्मीले ब्लड डोनर्स अफ अमेरिकाको स्थापना, उद्देश्य र यसले अमेरिकाको अस्पतालहरुमा आवस्यक पर्ने रगत आपूर्तिमा पुर्याएको सहयोगको चर्चा गर्नु हुँदै समाजसेवी ईरा आचार्यको बहुआयामिक व्यक्तित्वमा प्रकाश पार्नु भएको थियो ।

डालस एभरेस्ट लायन्स क्लबका पुर्व अध्यक्ष तथा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य शिव काफ्लेले सामाजिक कार्यहरुमा ईरा आचार्यसंग आफुले गरेका सहकार्यका क्षणहरुको स्मरण गर्दै उहाँ जस्ता समाजसेवीहरुलाई समाजले सँधै उच्च सम्मान गर्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा अरभिङ एभरेष्ट सेन्टेनिअल लायन्स क्लबका अध्य्क्ष राजेन्द्र कुँवर तथा प्लानो कोलिन्स नेपाली लायन्स क्लबका अध्यक्ष तथा बिडिए टेक्सास कार्य समितिका सदस्य डा ओम थापाले रक्तदान का माध्यम बाट हुने समाज सेवा का बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रमका अर्का वक्ता ड्यालस पोखरा लायन्स क्लबका अध्यक्ष शिब सुबेदीले लायन्स क्लबका सामाजिक कार्यहरुको उल्लेख गर्नु हुँदै यस्ता पुनित कार्यहरु सामाजिक संस्थाहरु मिलेर गर्नु ज्यादै सकारात्मक कदम हो भन्नु भयो ।

डेभलपमेन्ट फर पिस इन्टरनेसनलकी बोर्ड सदस्य एबम बिडिएका आजिबन सदस्य भगवती पौडेलले आफ्नो संस्थाले ब्लड डोनर्स अफ अमेरिकासंग बिगत बर्षहरु देखिनै सहकार्य गरिरहेको चर्चा गर्नु हुँदै यसरि सामाजिक व्यक्तित्वहरुको स्मरण गरि सम्मान गर्दा समाजमा सकारात्मक संदेश प्रवाह हुने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सवैलाई ब्लड डोनर्स अफ अमेरिकाका टेक्सास च्याप्टर अध्यक्ष अजय बगालेले स्वागत गर्नु भएको थियो । कार्यक्रम संचालन ब्लड डोनर्स अफ अमेरिकाका टेक्सास च्याप्टरका महासचिव विकास भण्डारीले गर्नु भएको थियो ।

स्वर्गीय आचार्यको योगदानलाई चिरस्थायी वनाउन विडिए ले “ विडिए-इरा छात्रवृती अक्षय कोष”को स्थापना गरिसकेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!