टेक्सास ,

एनआरएनए अमेरिकाको निर्बाचनका प्रमुख आयुक्त बिश्व बरालले कुनै पनि हालतमा चुनाव नसर्ने बताउनुभएको छ । यहि १८ र १९ मा हुन गईरहेको एनआरएन अमेरिकाको निर्बाचन तत्कालका लागि स्थगित गर्न अमेरिकाज क्षेत्रका आरसी गौरी जोशीको पत्र पश्चात नेपालय न्यूजसंग कुरा गर्दैै बरालले चुनाव समयमै हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो ।

आरसीले त चुनाव स्थगित गर्न पत्र पठाउनुभएको छ पाउनुभयो होला अब के गर्नुहुन्छ प्रश्न भन्ने प्रश्नको जवाफमाआयुक्त बरालले आफुहरुले पत्र पाएको र अमेरिकाको कानुन अनुसार चल्ने संस्था भएकोले निर्बाचन नसर्ने बताउनुभयो । आयुक्त बरालले आफु छलफल कै क्रममा भएको भए पनि चुनाव नरोकीने क्रममा बिश्वस्त हुन आग्रह गर्नुभएको छ ।

यसैबिच एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशब पौडेलले निर्बाचन आयोग नै शक्तीसाली भएकोले आफुहरुले आयोग निर्णय मान्ने बताएका छन् । साधारणसभाबाट बनेको शक्तीसाली आयोगमा अधिकार रहेकोले उंहाहरुको निर्णय हामीलाई मान्य छ अध्यक्ष पौडेलले बताए ।

निर्बाचनका लागि आजबाट प्रचार प्रसार बन्द गर्ने समय शुरु हुनुभन्दा केहि घण्टा मात्र पहिला अमेरिकाज क्षेत्रका आरसी गौरी जोशीले एनआरएन अमेरिकाको निर्बाचन रोक्नु पर्ने अन्यथा आईसीसीसंगको सम्बन्धन खारेज हुने आसयको पत्र पठाएका थिए ।

Comments

comments