टेक्सास , एनआरएनए अमेरिकाको निर्बाचनलाई तत्कालका लागि स्थगित गर्नु भनि आदेश दिएका बर्तमान आरसी गौरी जोशीलाई निर्बतमान आरसी सोनाम लामाले समर्थन गरेका छन् । मंगलबार बिहान एक पत्र लेख्दै निर्बाचन निश्पक्ष नहुने आशंका पैदा भएकोले तत्कालका लागि रोक्न भनेका जोशीको पक्षमा निर्बतमान आरसी सोनाम लामाले मंगलबार दिउंसो समर्थन गर्दै फेशबुक स्टाटस लेखेका छन् । आफ्नै डिआरसी नबिन शेरचनले आरसीको पत्र ब्यक्तीगत हो भनेको केहि समयमै निर्बतमान आरसीको समर्थन आउनु अर्थपुर्ण देखिन्छ । यसैबिच आरसीको पत्र आए पनि निर्बाचन नरोकीने भन्दै प्रमुख निर्बाचन आयुक्त बिश्व बरालले चुनाव समयमै हुने बताएका छन् ।

लामाले लखेको फेशबुक स्टाटसको पुर्ण पाठ यस प्रकार छ ।

गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरी राज जोशी ज्युको विज्ञप्ती स्वागतयोग्य छ। उक्त विज्ञप्तीलाई ध्यान दिएर सहज वातावरणमा विवाद रहित ढंगले निर्वाचन सम्पन्न गर्न म निर्वाचन आयोगलाई विनम्र आग्रह गर्दछु।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन सधै निष्पक्ष र धादली रहित हुनुपर्दछ। यस संस्थालाई कुनै पनि बाहनामा विवादित वनाउनु हुन्न।

यस संस्था कुनै पनि राजनितिक स्वार्थ , ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको बृहत्तर हितको लागि नेतृत्वमा आउन ईच्छुक आम एन आर एनहरुलाई सहभागी हुने सौहार्दपुर्ण वातावरण बनाउनु हरेक राष्ट्रिय समन्वय परिषदको प्रमुख दायित्व हो।
करिब ८० भन्दा बढी राससको चुनाव हुन बाकिं छ, अससको विधान अनुसार गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन गर्ने पर्याप्त समय हुदां हुदै चुनाव गर्न यती धेरै हतारिनु कुनै आवश्यक महशुस गरिएन्।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोगले जनमानसमा उठेका सबै सवालहरुको निश्पक्ष छानबिन गरेर, पुर्ण पारदर्शी ढंगले, विवादरहित वातावरणमा चुनाव सम्पन्न गर्न म व्यक्तिगत रुपमा विशेष अनुरोध गर्दछु।

धन्यवाद
सोनाम लामा
निवर्तमान क्षेत्रिय संयोजक
गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका

Comments

comments