सधैंभरी समाज सेवालाई नैं आफ्नो कर्म बनाउदै आउनु भएका बिगत १३ बर्षदेखि अस्टिन टेक्सस निबाशी देवराज न्यौपानेले आसन्न एनआरएन निर्वाचनमा बोर्ड अफ डाईरेक्टरका लागि उम्मेदवारी दिएका छन् । भखरै मात्र ग्रेटर अस्टिन नेपाली सोसाईटीको अध्यक्षको कार्यकाल पुरा गरेका उनी सामाजिक काममा आफ्नो सकृयतालाई निरन्तरता दिदै आफ्नो अनुभव र ज्ञानलाई मन बचन र कर्मले हाल एनआरएनमा भएका बिभिन्न समस्याहरुलाई हल गरी सुब्यबस्थित समाजसेवी एनआरएन बनाउने काममा उपयोग गर्र्ने उद्देश्य रहेको बताउछन् ।

उनी स्थानीय क्षेत्रमा ग्यान्स मार्फत बालबालिकाका लागि नेपाली भाषा पाठशाला, स्वास्थ्य शिविर, रक्तदान, ईमिग्रेशनका समस्या, मर्दा पर्दा भैपरि आउने समस्याहरु, सामुदायिक केन्द्र निर्माणको काम आदिमा सकृय भुमिका निभाउदै आएका छन् । गुटगत स्वार्थ भन्दा माथि उठेर निश्वार्थ, क्षेमतावान र लगनशील समाजसेवीहरुलाई पहिचान गरी निर्वाचित गर्न सकियो भने नैं हामी सबैको प्रतिनिधित्व गर्न सक्ने “हाम्रो एनआरएन राम्रो एनआरएन” बन्न सक्ने बिचार राख्ने देबराज न्यौपाने नेपालमा रहदा २०५१ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति र अगुवा नेतृत्व थिए । सही पात्रको पहिचान उसको बर्तमान गतिविधिको अबलोकनबाट गरिनुपर्छ न कि बिगतका कथा कहानीहरुबाट भन्ने धारणा राख्दै उनी भन्छन् एनआरएन मार्फत समुदायको हितमा केही योगदान गर्न चाहने हर कोहीकोलागि खुल्ला प्लेटफर्मको बातावरण बनाउनु पर्छ ।

एउटा सिस्टममा चलेको ब्यबस्थित आम सहभागितामूलक एनआरएन नैं आजको ज्वलन्त आवश्यकता हो । क्षेत्रीय या बैचारिक गुट भन्दा माथि उठेर आम प्रबाशीहरुका लागि सकृयतापूर्वक लामो समयदेखि काम गरिरहेको नाताले आफु नेतृत्वका लागि योग्य रहेको उनको दावी छ । उनी भन्छन्, समुदायकालागि बास्तविक रुपमा काम गरिरहेका स्थानीय संस्थाहरु नैं बास्तविक रुपमा एनआरएन संगठन हुन्, एनआरएनको नीति, उद्देश्य र संगठनात्मक संरचनामा नैं पुनर्विचार गरेर मात्रै एनआरएनले अहिलेका बिबादहरुको समाधान र सही नेतृत्व दिन सक्छ ।

Comments

comments