बिबादित चलचित्र कलाकार संघको चुनाब जेठ २५ गते हुँदै

4

काठमाडौँ : पछिल्लो समय कलाकार संघको सदस्यता नबिकरणमा बिबादित बनेको चलचित्र कलाकार संघको साधारण सभा यहि जेठ २५ गते हुने भएको छ ।

२०७५ चैत्र २३ गते गर्ने भनिएको साधारण सभामा सदस्यता प्रदान गर्न ५ वटा चलचित्र अभिनय गरेको हुनु पर्ने र सो नभएको र साधारण सभाको मिति भन्दा १० दिन अघिनै सदस्यता नबिकरण भई सक्नु पर्ने विधानको ब्यबस्था पालना नभएको भनि निर्बाचन कार्यक्रम स्थगित गरि पाउँ भनेर जिल्ला प्रसासन कार्यालय काठमाडौँमा नेपाल चलचित्र कलाकार संघ बिरुद्ध मुद्धा परेको हुँदा चुनाब रोकिएको थियो ।

जिल्ला प्रसासन कार्यालयको रोहबरमा बनेको तदर्थ कार्यसमितिले उक्त मुद्धा उपर आबश्यक छानबिन गरि यहि आउदो जेठ २५ गते नयाँ कार्य समिति चयन गर्नको लागि साधारण सभा गर्न लागिएको उक्त समितिको एक सदस्यले बताएका छन् ।

Comments

comments