US Khabar

टेक्ससको कलेजमा गुञ्जदैं नेपाली संगीत: ‘सनिर मन्त्र व्याण्ड’ले शुक्रबार कन्सर्ट गर्दै

- SUSHMA DEVKOTA | १ हप्ता पहिले प्रकाशित

टेक्ससको कलेजमा गुञ्जदैं नेपाली संगीत: ‘सनिर मन्त्र व्याण्ड’ले शुक्रबार कन्सर्ट गर्दै

अमेरिकाको टेक्ससमा शुक्रबार नेपाली कल्चरल संगीत सहितको कन्सर्ट हुने भएको छ । गायक सनिर खाती र व्याण्ड सनिर मन्त्रले आज अंग्रेजी गीतहरुसंगै नेपाली कल्चरल संगीतलाई प्राथमिकतामा राखेर कन्सर्ट गर्ने भएको हो ।

विगत ८ बर्षदेखि अमेरिकामा रहेर नेपाली र पाश्चात्य संगीतमा काम गरिररहेका गायक सनिर सहितको व्याण्डले दिने यस प्रस्तुतीमा नेपालको संस्कृति झल्कने गीतहरु साथै अंग्रेजी गीतहरु प्रस्तुत हुनेछन् ।

अध्ययनका क्रममा रहेका सनिर सहितका नेपाली विद्यार्थीको यस व्याण्डले गर्न लागेको कन्सर्ट भिजिवल म्युजिक कलेजको लागि सिनियर प्रोजेक्ट भएपनि यसमा नेपालको संगीत संस्कारलाई व्याण्डले प्राथमिकतामा राख्दै नेपाली कल्चरल गीतहरु प्रस्तुग गर्ने भएको हो ।

गायक सनिर संगै सनिर मन्त्र व्याण्डका सदस्यहरुको उपस्थितीमा हुन लागेको प्रस्तुतीमा व्याण्ड मेम्बरहरु ड्रममा सुर्य पुन, बेस गीतारमा प्रवेश काफ्ले,मादल र डिजेम्बेमा आयुश डंगोल,ईफेक्ट व्याकराउण्ड भोकलमा सफल खड्का, बाँसुरीमा रोशन पराजुली,अकोस्टिक गीतारमा पिजे वईवा, भोकल अषिम थापा र पियानो र सेक्सोफोनमा मथेव बबिनेयुक्सको प्रत्यक्ष सहभागिता रहने छ ।

नेपालीको संस्कृति झल्कने गीतका साथै अंग्रेजी गीतहरु प्रस्तुत हुने कार्यक्रम गायक सनिरको पहिलो सोलो कन्सर्ट भएकाले पनि व्याण्ड पूर्ण तयारीका साथ स्टेजमा उत्रदैं छ ।

अमेरिकन कलेजमा आयोजना हुने कार्यक्रम भएपनि व्याण्डले नेपाली कल्चरल संगीतलाई अमेरिकन तथा अन्य मुलुकका विद्यार्थी तथा अविभावक सम्म पुर्याउने उदेश्यका साथ कन्सर्ट गर्दैछ । गायकको नभई व्याण्डको नाममा आयोजना हुँदै गरेको कन्सर्ट हेर्न ईच्छुकहरुका लागि प्रवेश निशुल्क गरिएको छ ।

सनिर मन्त्र व्याण्ड अमेरिकामा स्थापना भएको नेपाली व्याण्ड हो । गायक सनिर सांगीतिक पृष्ठभूमिबाट आएका युवा संगीतकर्मी हुन् । नेपालका चर्चित संगीतकार आलोक श्रीका छोरा सनिर सानैबाट संगीत प्रशिक्षण सहित नेपाली संगीतमा देखिएका नयाँ पुस्ताका संगीतकर्मी हुन् ।

संगीत देखि एरेन्ज सम्मका सबै काम आफैंले गर्दै नेपाली र अंग्रेजी गीतहरु निर्माण गर्दै आएका उनका भावना, मैचा लगायतका गीतहरु बजारमा आएका छन् । आफ्नो भविश्य केवल संगीतमा देख्ने बताउँदै आएका सनिर सहितको व्याण्डले अमेरिकामा नेपाली संगीत र संस्कृति विस्तारका लागि काम गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!