US Khabar

पन्तको अनुपस्थितीमा उपाध्यक्ष पौडेललाई तोकियो NRNA कोलोरोडो च्याप्टरको कार्यवाहाक अध्यक्ष

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

पन्तको अनुपस्थितीमा उपाध्यक्ष पौडेललाई तोकियो NRNA कोलोरोडो च्याप्टरको कार्यवाहाक अध्यक्ष

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका कोलोराडो च्याप्टरको कार्यवाहाक अध्यक्षको जिम्मेवारी विष्णु प्रसाद पौडेल (प्रकाश)लाई दिईएको छ । कोलोराडो च्याप्टर अध्यक्ष रामचन्द्र (आर सि) पन्तले आफु केही समयका लागि अमेरिका बाहिर रहने जानकारी सहित आफ्नो अनुपस्थितीमा उपाध्यक्ष पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जानकारी दिएका हुन् ।

च्याप्टर अध्यक्ष पन्तले एनसीसी अध्यक्ष बुद्धि सागर सुवेदीलाई यस बिषयमा पत्रचार गर्दै एनआरएनए अमेरिकाको विधान २०१० को विधान २०२२ मा भएको १६ औं संसोधन धारा ४१ उपधारा वि मा उल्लेख भए अनुसार अध्यक्षको क्षेत्राधिकारमा पर्ने सम्पूर्ण अधिकार अस्थायि रुपमा आज अर्थात नोभेम्बर १९ तारिकका दिनबाट लागु हुने गरि उपाध्यक्ष पौडेललाई दिईएको जानकारी गराएका छन् ।

अध्यक्ष पन्तका अनुसार आफु अमेरिका बाहिर रहने समयावधी भर अर्थात २०२२ को नोभेम्बर १९ देखी डिसेम्बर ३१ सम्म अध्यक्षयको पदको जिम्मेबारी भित्रका नियमित कार्यक्रम संचालन र कोलोराडो च्याप्टरको प्रमुख सम्पर्क व्यक्तीका रुपमा उपाध्यक्ष पौडेललाई सम्पर्क गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!