US Khabar

११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको न्यूयोर्कमा भारी हिमपातका कारण २ जनाको मृत्यु

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको न्यूयोर्कमा भारी हिमपातका कारण २ जनाको मृत्यु

न्यूयोर्कको एरी काउन्टीमा चिसो मौसमका कारण २ जनाको मृत्यु भएको छ । उच्च हिमपात भएपछि बाटो पन्छाउने क्रममा चिसोका कारण २ जनाको मृत्यु भएको हो ।

प्रमुख राजमार्गमा हिमपातका कारण रुखहरू समेत ढल्न थालेपछि विद्यालय , यातायात लगायतका सबै क्षेत्र अवरुछ भएको न्यूर्योका धेरै क्षेत्रमा न्यूयोर्कको ओर्चर्ड गाउँमा शुक्रबार साँझसम्म ६६ इन्च सम्म हिउँ परेको छ । जस कारण आइतबार हुने एनएफएल खेल आइतवार खेलाइने खेल समेत स्थगित भएको छ ।

बफेलोमा दक्षिणी भागमा सवारी साधनको यात्रामा प्रतिबन्ध गरिएको छ भने अन्यत्र भरसक ननिस्कन सल्लाह दिइएको छ । बफेलो विमानस्थलमा १३ इञ्च हिमपात भए पछि लगभग ७० % बाहिर जाने उडानहरू रद्द गरिएको छ । बफेलोमा सार्वजनिक विद्यालयहरू शुक्रबारबाट नै बन्द गरिएको थियो ।

न्यूयोर्कमा भारि हिमपात भएपछि खराव मौसमका कारण जनजीवन प्रभावित बनिरहेको छ । अत्याधिक चिसो बढ्दै गएपछि न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको थियो ।

बिहिबार विहानबाट नै संकटकाल घोषणा गरिएको न्यूयोर्कका विभिन्न क्षेत्रमा बिहिबार साँझ ४ बजेदेखि बिहीबार न्यूयोर्क राज्यको इन्टरस्टेट ९० राजमार्गको रोचेस्टर र बफेलो क्षेत्रमा पेन्सिलभेनिया सीमानासम्म व्यापारिक आवतजावतमा रोक लगाइएको थियो ।

शनिबार तापक्रम माइनस २ डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान गरिएको न्युयोर्कमा भूमध्यमण्डलीय प्रशान्त महासागरमा असामान्य रूपमा चिसो तापक्रमका कारण आउने ला निना अवस्थाका कारण तापक्रम घटेर २ डिग्री सेल्सियसमा झर्ने बताईएको छ । मंगलबार शुन्य सेल्सियससम्म झर्ने पूर्वानुमान गरिएको मौसम सोमबार माइनस ३ डिग्री सेल्सियससम्म र बिहिबार माइनस ४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको तापक्रम त्यसपछिका केहीदिन माइनसमा नै रहनेछ ।

HAMBURG, NY – November 18: Joe Ahmed uses a snowblower to dig out after an intense lake-effect snowstorm impacted the area on November 18, 2022 in Hamburg, New York. Around Buffalo and the surrounding suburbs, the snowstorm resulted in up to four feet of accumulation, and additional snowfall is forecast for the weekend. (Photo by John Normile/Getty Images)

मौसम पूर्वानुमानविद्हरुका अनुसार भूमध्यमण्डलीय प्रशान्त महासागरमा असामान्य रूपमा चिसो तापक्रमका कारण मौसमको ला निना अवस्था आउने गर्छ । यसपटक उत्तरी गोलार्धको जाडोमा ला निना अवस्थाको सम्भावना ७६ प्रतिशत रहेको छ ।

ला नीनाले मध्य र पूर्वी( मध्य भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रमको आवधिक शीतलतालाई जनाउँछ। सामान्यतया, ला निना घटनाहरू प्रत्येक ३ देखि ५ वर्ष वा सो भन्दा बढी हुन्छ। ला निनाले एल निनो र दक्षिणी दोलन (ENSO)  चक्रको शीतल चरणलाई प्रतिनिधित्व गर्दछ।

ला निना घटनाको समयमा, प्रशान्त महासागरको तापक्रममा भएको परिवर्तनले इन्डोनेसियादेखि दक्षिण अमेरिकाको पश्चिमी तटमा उष्णकटिबंधीय वर्षाको ढाँचालाई असर गर्छ। उष्णकटिबंधीय वर्षा बान्कीमा भएका यी परिवर्तनहरूले संसारभरको मौसमको ढाँचालाई असर गर्छ। यी प्रभावहरू सामान्यतया जाडो महिनाहरूमा सबैभन्दा बलियो हुन्छन् जब जेट स्ट्रिम संयुक्त राज्यमा सबैभन्दा बलियो हुन्छ। तलको छविमा देखाइएझैं, जाडो महिनाहरूमा ला नीना एपिसोडहरूमा संयुक्त राज्य र क्यानडामा लहर, जस्तै जेट स्ट्रिम प्रवाह हुन्छ, जसले उत्तरमा औसत अवस्था भन्दा चिसो र आँधीबेहरी र दक्षिणमा न्यानो र कम आँधीबेहरी निम्त्याउँछ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!