US Khabar

दक्षिण अमेरिकाको पश्चिमी तटिय राज्य इक्वेडरमा कारागार भित्र १० जनाको मृत्यु

- USKHABAR | ७ दिन पहिले प्रकाशित

दक्षिण अमेरिकाको पश्चिमी तटिय राज्य इक्वेडरमा कारागार भित्र १० जनाको मृत्यु

दक्षिण अमेरिकाको पश्चिमी तटमा भूमध्यरेखिए राज्य इक्वेडरमा १० जना कैदी बन्दीको ज्यान गएको छ । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको ज्यान गएको हो ।

गत वर्ष विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीले ज्यान गुमाएको इक्वेडरमा यस पटक पनि कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछिको झडपमा १० जनाले ज्यान गुमाएका हुन् ।

झडपका क्रममा कारागारका १० जनाको ज्यान गएपछि झडपमा संलग्न अन्य कैदि बन्दीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

कैदीबन्दीको सुरक्षा निक्कै चुनौतीपूर्ण विषय बन्दै गएको कारागारमा इक्वेडरका कारागारमा हरेक बर्ष जसो यस प्रकारका घटना घटित हुँदै आएका छन् । ठूलो मात्रामा अक्षुण्ण स्पेनिस औपनिवेशिक केन्द्रका लागि परिचित यो देश १६ औं र १७ औं शताविद्यका दरबार र चर्चित चर्चहरु साथै पर्यावरणका दृष्टिले चर्चामा रहेको देश हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!