US Khabar

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुन चर्चित भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउँदै

- USKHABAR | ७ दिन पहिले प्रकाशित

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुन चर्चित भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउँदै

भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव निटफेस्ट २०२२ मा विशेष अतिथिको रुपमा सहभागी हुन अभिनेत्री शबाना आजमी काठमाडौं आउने भएकी हुन् ।

आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा अभिनेत्री आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिने कार्यक्रम रहेको छ ।

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेका मध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत गर्ने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिएकी छन् ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपाल सहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!