US Khabar

कोलोराडोको समलिङ्गी नाइट क्लबमा गोली प्रहार गरि ५ जनाको हत्या – १८ घाईते

- USKHABAR | ६ दिन पहिले प्रकाशित

कोलोराडोको समलिङ्गी नाइट क्लबमा गोली प्रहार गरि ५ जनाको हत्या – १८ घाईते

अमेरिकाको कोलोराडोमा रहेको एक समलिङ्गी नाइटक्लबमा गोली चल्दा ५ जनाको मृत्यु हुनुका साथै १८ जना घाईते भएका छन् । कोलोराडो स्प्रिङ्सको समलिङ्गी नाइटक्लबमा २२ बर्षिय युवकले चलाएको गोली लागेर ठुलो संख्यामा मानिसहरु घाईते हुनुका साथै ५ जनाको ज्यान गएको हो ।

नर्थ एकेडेमी ब्लुभर्डको ३४०० ब्लकमा रहेको क्लब क्युमा शनिबार मध्य रातमा प्रवेश गरेका ति युवकले अन्दाधुन्दा गोली चलाएका थिए । कोलोराडो स्प्रिंग्सका प्रहरी प्रमुख एड्रियन भास्क्वेजका अनुसार प्रहरीले क्लब क्यूमा गोली चलाउने युवकलाई बार भित्र नै पक्राउ गर्न सफल भएको छ । गोली चलाउने युवक स्वयं पनि घाइते अवस्थामा फेला परेकाले उनलाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनि कसरी घाईते भए भन्नेबारे भने स्पष्ट उल्लेख गरिएको छैन ।

गोलीकाण्डमा घाईतेहरुको सहरका बिभिन्न अस्पतालमा उपचार भै रहेको छ । प्रहरीले घाइते र मृतकका परिवारलाई यस विषयमा जानकारी गराएको थियो । दुर्घटना स्थल आसपासका बाटोहरु प्रहरीले बन्द गरेर अनुसन्धानलाई अघि बढाएको छ ।

सन् २०२२ मा गोलीकाण्डबाट दर्जनौं व्यक्तीको ज्यान गएको छ । यस महिना मात्रै गोलीखाण्डबाट छैटौं पटक सामुहिक हत्या भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!