US Khabar

मनाङबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस विजयी

- USKHABAR | ५ दिन पहिले प्रकाशित

मनाङबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस विजयी

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै २ हजार ५ सय ७५ मत सहित कांग्रेसका गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पराजित एमालेका उमेद्वार गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

७१ दशमलब ४७ प्रतिशत मत खसेको मनाङमा ४ हजार ८ सय ४५ मत खसेको थियो ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ र प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भै सकेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!