मिडिया विधेयकको विरोध गर्दै सडकमा उत्रिए पत्रकार

7

काठमाडाैं : सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन् ।

पत्रकारका संग संगठन तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले आज शुक्रबार पनि विभिन्न सहरमा सरकारको विरोध गरे । सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रताको खिलाफमा रहेको भन्दै पत्रकारहरुले विरोध जनाउँदैआएका हुन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित सयौंको संख्यामा पत्रकारहरुले मुखमा कालो पट्टी बाँधेर विरोध गरेका छन् । साथै उनीहरुले आफ्ना क्यामेरा लगायत उपकरण सडकमै थन्काउँदै शांकेतिक विरोध गरे ।

पत्रकारहरुको प्रदर्शनमा ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’ लगायत नारा लेखिएका ब्यानर देखाइएको छ । धर्नामा उनीहरुले नारावाजी समेत गरेका छन् ।

Comments

comments