कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले यो निर्णय गरेको हो । दिउँसो बस्ने मन्त्रीपरिषद्को बैठकबाट यो निर्णय अनुमोदन हुने बताइएको छ ।
पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो।
नेपालमै कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि लकडाउन लम्ब्याउने तयारी भएको हो ।
प्रतिक्रिया