महेन्द्रनगर-  मिस्टर आर. जे नामै छ काफी सुन्नु भएकै छ होला, होइन त ?   हो म तिनै र्यापर मिस्टर आर. जे को कुरा गर्दै छु, जसका गीत सदैव हिट रहन्छन ।

मिस्टर आर. जे  अर्थात राजेन्द्र भट्ट युबा पुस्तामा रुचाइएका एक कुसल, वरिष्ट संगीतकार,रचनाकार, गीतकार तथा र्यापर हुन् ।

यसै क्रममा उनको धमाके-दार र्याप रहेको “रान्चडि” बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जेको शब्द, मिस्टर आर.जेकै र्याप संगै उत्कृष्ट संगीत समेत रहेको गीतलाई कृष्ण बि.क. ले स्वर दिएका छन् भने गीतमा कृष्ण बि.क . कै  एरेन्ज रहेको छ ।

गीतमा सान थापाको निर्देशन, अर्जुन तिवारीको छायाँकन, बिनोद न्यौपाने र जुना सुन्दासको अभिनय रहेको छ भने गीतलाई “Mr RJ” नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो:-

Comments

comments